बैशाख २२ गते नेपाल बन्दको घोषणा ।।



सैघाली खबर बैशाख, १७ काठमाण्डौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही वैशाख २२ गते नेपाल बन्दको घोषणा गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार चरम फासिवादी बन्दै गएको भन्दै विरोधस्वरुप यही २२ गते नेपाल बन्दको आह्वान गरेको हो । नेकपाका महासचिव विप्लवले एक बिज्ञप्ती जारी गर्दै सरकारले आफ्नो पार्टीका शान्तिपूर्ण राजनीतिक आन्दोलानमा सहभागी भइरहेका बेलामा दर्जनौं संख्यामा नेता कार्यकर्तालाई गिरफ्तार र झुठा मुद्दा लगाएको प्रति आक्रोश पोखेका छन् ।

सरकारले नागरिकले स्वतन्त्र रुपमा विचार राख्ने, सभा जुलुस तथा राजनीतिक गतिविधि गर्न पाउने अधिकारमाथि बन्देज लगाएको र भ्रष्टाचारी, कालोबजारीको विरोध गर्दै जनतालाई संगठित बनाउने काम गरिरहेका बेला बाटो र कार्यक्रमस्थलबाट सरकारले प्रहरी लगाएर अपहरण शैलीमा गिरफ्तार गर्ने र बेपत्ता पार्ने काम गरेको भन्दै बिज्ञप्ती मार्फत सरकारको रवैयाको भत्सर्ना गरिएको छ । यसैगरी सोही विज्ञप्तिमा यही बुधबार कञ्चनपुरको बिचफाँटामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमि मिचेर अतिक्रमणकारी हर्कत जारी राख्दा समेत केपी सरकार मौन बसेको भन्दै महासचिव विप्लवले आपत्ति जनाएका छन् । घोषित कार्यक्रम अनुसार बैशाख १९ गते देशैभर विरोध प्रदर्शन, २० गते कोण सभाहरु, २१ गते साँझ मशाल जुलुस र २२ गते नेपाल बन्द गर्ने जनाइएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्