देशैभर औषधि अभाव बढ्दै, कारण के ?



सैघाली खबर काठमाडौं, १७ वैशाख ।
स्थानीय तहले समन्वय गर्न नसक्दा औषधिको अभाव बढ्न थालेको छ । औषधिको मौज्दात भएका ठाउँबाट अभाव देखिएको ठाउँमा ढुवानी गर्न नसक्दा अभाव बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । औषधीको अभाव देखिएपछि खरिद गर्न स्थानीय तहलाई रकम विनियोजन गरिसक्दा पनि यो अभाव हट्न सकेको छैन ।

कुन औषधिको कसरी खरिद गर्ने भन्नेबारे स्थानीय तहमा अन्योल हुँदा ग्रामिण भेगका विरामीले अत्यावश्यक औषधि पाउन सकेका छैनन् । यसअघि आवश्यक औषधी खरिद गर्ने जिम्मेवारी क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयको थियो । संघीय संरचनामा गएसँगै अहिले स्थानीय तह, जिल्ला, क्षेत्रिय स्वास्थ्य निर्देशनालय र केन्द्रले औषधि खरिद गर्न सक्ने गरी विभाजन गरिएको छ । तर यी चारवटै संयन्त्रमा सञ्चार सम्पर्क र समन्वय नहुँदा अभाव बढेको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सस्थामा औषधी अभाव सुरु भएको महिनौ वितिसक्दा पनि प्रभावकारी कदम नचालिँदा अभाव हट्न सकेको छैन ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्