मुख्य समाचार

लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ

By थाहा अनलाइन

April 30, 2018

सैघाली खबर काठमाडौं, १७ बैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पच्चीस सय ६२ औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै लुम्बिनीलाई हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र र सुगन्ध पनि पवित्र हुने ठाउँका रुपमा स्थापित गर्न चाहने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले लुम्बिनी वनलाई सुन्दर र बास्नादार ज्ञानले भरिपूर्ण प्राकृतिक सौन्दर्ययुक्त ‘मौरीको आहारा पाउने’ थलोका रुपमा विकास गर्ने पनि बताउनुभयो । कमजोरी, खराबी र विकृति हटाउने विषयलाई बुद्धले कहिल्यै स्वीकार नगरेको बताउँदै उहाँले अहिले पनि बुद्धका विचार सान्दर्भिक, महत्वपूर्ण र कालजयी रहेको बताउनुभयो । बुद्ध लुम्बिनीमा जन्मेको विषयमा बहस गर्न नपर्ने भन्दै प्रधानमन्त्री ओलीले बुद्धसँग सम्बन्धित देवदह, तिलौराकोट र रामग्राम क्षेत्रको विकास गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।