कांग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारी बैठक स्थगित



सैघाली खबर
काठमाडौं, १७ बैशाख

नेपालीकांग्रेस केन्द्रीयकार्यसमितिको निर्वाचितपदाधिकारीको आजबोलाइएको बैठक विशेष कारण भन्दै स्थगितगरिएको छ ।स्थगित बैठक आगामी वैशाख २१ गते दिउँसो २ बजे बस्ने बताईएको छ । कांग्रेसले आजबिहान ८ः३० बजेकालागि बैठक बोलाएको थियो ।बैठकबाटपदाधिकारी मनोनीतगर्ने पार्टी सभापतिशेर बहादुर देउवाको तयारी थियो ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिका कारण बैठक केहीदिनकालागि स्थगितगरिएको बताईएको छ । कांग्रेस केन्द्रीय समितिका निर्वाचित पदाधिकारी बैठक छलफल नै नगरी बोलाएको भन्दै वरिष्ठ नेतापौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलापक्षले बहिष्कार गर्ने घोषणा गरेको थियो ।कांग्रेसको महाधिवेशन सम्पन्नभएको दुई वर्ष बितिसक्दा पनि पदाधिकारी मनोनयनहुन सकेको छैन । विधानअनुसार दुई महिनाभित्र पदाधिकारी मनोनयन गरि सक्नुपर्ने व्यवस्था छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्