मोटरसाईकल दुर्घटनामा परि महिलाको मृत्यु



 

दाङ,१७ बैशाख ।मोटरसाईकलको ठक्करबाट तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ । सोमबार दिउसो मोटरसाईकलको ठक्करबाट तुलसीपुर १७ मानपुर निबासी ५९ बर्षीय बिष्णु बिश्वकर्माको मृत्यु भएको हो । घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ प ४९९० नंबरको मोटरसाईकलको ठककरबाट गम्भीर घाईते भएकी बिश्वकर्माको उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ । दिउसो १ बजेतिर तुलसीपुर १८ बिजौरीमा भएको दुर्घटनामा परि गम्भीर घाईते भएकी बिश्वकर्माको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्