वन्यजन्तु अनुसन्धान गर्ने थलो बन्दै देउखुरी क्षेत्रका सामुदायिक वन



दाङ,१७ बैशाख । देउखुरी क्षेत्रका सामुदायिक तथा राष्ट्रिय वनको संरक्षण संगै विभिन्न प्रजातीका वन्यजन्तु देखिन थालेका छन् । सामुदायीक वनको बिकास सँगसँगै बिगतमा नाङगा रहेको वनहरु हराभरा हुँदै गएका छन् । बन सँगै बन्यजन्तुहरुको बास स्थान पनि सुरक्षित हुँदै गएको छ ।
हुँडार, चितुवा, रटेल, चरीबाघ चौका, काठे भालु लगायतका २५ बढी स्तनधारी र दुइ ६० भन्दा धेरै किसिमका चराहरु देउखुरीको वनमा पाइने वन्यजन्तु संरक्षण अभियानमा सकृय चिरन्जीवी खनालले जानकारी दिनुभयो । देउखुरीमा बिगत पाँच बर्ष देखी क्यामरा ट्रापिङगको प्रयोग गरेर वन्यजन्तुको अनुसन्धान हुँदै आएका छन्। वन्यजन्तुहरुका बारेमा नयाँ नयाँ जानकारी हासिल हुँदै गएका छन् । देउखुरीमा अहिले बन्यजन्तुको अनुसन्धानको लागि बिभिन्न विश्वविद्यालय र क्याम्पसका विद्यार्थीहरु र अनुसन्धानकर्ताहरु देउखुरीमा आउने क्रम बढेको खनालले बताउनुभयो ।
आहिले देउखुरीमा काठे भालुको अध्यनको लागि वन बिज्ञान अध्यन संस्थानका विध्यार्थी पोखरा प्रतिक पाण्डे देउखुरीका वनमा व्यवस्त हुनुहुन्छ । त्यसैगरी वनक्याम्पसकै सुमन खड्का पनि राज चमेरोमा अनुसन्धानका लागि देउखुरीमा हुनुहुन्छ । गत वर्ष राज चमेराको अध्यन गर्न डा पुष्पराज आचार्य र राजप्रसाइले दाङको देउखुरी नै रोज्नु भएको थियो । देउखुरी निवासी बन्यजन्तु अनुसन्धानकर्ता चिरन्जिव खनालले दाङलाई आधार क्षेत्र बनाएर अनुसन्धान गर्न थालेपछी देउखुरीको चर्चा देशमा मात्र नभएर बिदेशमा पनि हुने गरेको छ । खनालले नेपालमै पहिलो पटक हुँडारको अनुसन्धान दाङबाट सुरु गर्नु भएको थियो । प्रबिधीको प्रयोग गरी गरिने अनुसन्धान प्रबिधिको प्रयोगले दिउशो मात्र नभएर राती सक्रिय हुने वन्यजन्तु पनि रेकर्ड गर्न सहयोग पुगेको छ । पोखरा निवासी वन्यजन्तु अनुसन्धानकर्ता सन्जिब बानिया बिगत दुई बर्ष देखी देउखुरीको स्तनधारीमा बिशेष चासो दिएर देउखुरी पटक नियमित अध्यनमा व्यवस्थ हुनुहुन्छ ।
यहाँका वन क्षेत्रमा वन्यजन्तु रेकर्ड हुने क्रमजारी छ, केही समय आघी मात्र दाङमा चौका भेटीएको थियो । देउखुरीमा चौका नामको जनावर भेटिएपछी चौकामा बिद्याबारिधी गर्नु भएका डा कृष्ण पोख्रेल पनि देउखुरी आएर अध्यन शुरु गर्नुभएको थियो । यसैगरी कृषि तथा वन विश्व विद्यालयका विद्यार्थी यलिस चौधरीले गोवरढीयाको जङलकुटी समुदायीक वनमा पर्यटनको सम्भाब्यताको बारेमा अनुसन्धान गर्नु भएको छ । चौधरीले देउखुरी वन्यजन्तुको पाइने जंगली जनावरको संरक्षण गर्न सके दाङलाई पर्यटन आकर्षण क्षेत्रको रुपमा विकास गर्न सकिने तर्क राख्न्ुभयो ।
लोपउन्मुख सुचीमा रहेको गिद्ध पनि देउखुरीमा पाइन्छन् । लालमटियामा अवस्थित जटायु रेस्टुरेन्टले गिद्ध संरक्षणमा थप टेवा पुर्याएको छ । गत वर्ष प्रणीशास्त्रकी बिध्यार्थी पुस्पा भण्डारी गिद्धमा थेसिस देउखुरीमै गर्नु भएको थियो । गिद्ध अनुसन्धानकर्ता सुमन घिमिरे पनि दाङमै गिद्धको अनुसन्धान गर्दै हुनुहुन्छ । दाङको देउखुरीमा वन्यजन्तुमा अनुसन्धान गर्दा खुःसी लागेको घिमिरेले बताउनुभयो । गिद्धमा बिद्याबारिधी गर्दै गर्नु भएका खडानन्द पौडेल देउखुरीमा पशुपन्क्षी अध्यन अनुसन्धानको लागि उपयुक्त भएको बताउनुभयो पंक्षी संरक्षण सँघले प्रत्येक बर्ष दाङमा गिद्धको आनुगमनगर्ने गर्दछ ।
सिकारीहरुले गर्मीको समयमा वनमा आगो लगाउने जस्ता कार्यले वन र, बन्यजन्तुलाई धेरै असर पुगेको छ । सिकारी नियनत्रणको लागि कुनै प्रभाबकारी कामहरु भएका छैनन । संरक्षण प्रति सकारात्मक सोचको बिकास गर्न रहेको वन्यजन्तु संरक्षणकर्मी हरु बताउँछन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्