आजको राशिफल



वि.सं. २०७५ साल वैशाख १८ गते। मंगलबार। इश्वी सन् २०१८ मे १ तारिख। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– प्रतिपदा, ६:२६ बजेउप्रान्त द्वितीया।
                                                                                                                 उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesव्यस्तता र शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। एउटै काम दोहोर्याउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusघुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiभौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार प्राप्त गर्न सफल भइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। पुरुषार्थी कामले प्रतिष्ठा दिलाउनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रतिस्पर्धाले फाइदा दिलाउनेछ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। तापनि, चिताएका काम सम्पादन गर्न सकिनेछ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। अवसर प्राप्त भए पनि तत्काल सोचेको फाइदा नहोला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। अरूको विश्वास गर्दा धोका हुन सक्छ। तापनि गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसाहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिस्पर्धाले खर्च बढाउने हुँदा अर्थ अभाव देखापर्न सक्छ। सोखले खर्च बढाए पनि मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraमिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioनयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusभैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornप्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपुरुषार्थी काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले काममा उत्साह बढाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। प्रतिष्ठित कामले धेरैको मन जित्न सकिनेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। भेटघाटले महत्त्वपूर्ण कामको जग बसाउने अवसर दिलाउनेछ। मिहिनेत गर्दा सम्मानित स्थान प्राप्त हुनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। (नेपाली पात्रो)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्