मजदुर दिवसको पूर्बसन्ध्यामा रक्तदान



सैघाली खबर,
तुलसीपुर १८ बैशाख ।

एक सय २९ औं अन्तराष्ट्रिय मजदुर दिवसको पूर्बसन्ध्यामा तुलसीपुरमा रक्तदान गरिएको छ । अखिल नेपाल ट्रेड यूनियन महासंघ तुलसीपुरको आयोजनामा सोमबार रक्तदान कार्यक्रम भएको हो ।

त्यसअबशरमा महासंघका प्रदेश सचिब भरत भट्टराई, नगर सचिब घनश्याम डाँगी, नगर सदस्य छबि बस्नेत, शेर सिंह बिक, गोबिन्द केसी, मीना डाँगी, गीता राईलगायतले रक्तदान गरेका थिए । दिवसको अबशरमा मजदुरहरुले रक्तदान गरेका हुन् ।

रगत दान नै जीवन दान भएकाले कुनै बिरामी पनि रगत अभाबमा उपचारमा अबरोध नपरोस भनेर रक्तदान गरिएको नगर सचिब घनश्याम डाँगीले बताए । उनले भने‘कोही पनि रगत अभाबले उपचारमा अबरोध नहोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेका हौं ।’

त्यस अबसरमा माओवादी केन्द्रका केन्द्रीय सचिबालय सदस्य जगप्रसाद शर्मा‘अपार’ले यस्तै दिवसका अबसरमा रक्तदान गर्नु सकारात्मक कार्य भएको बताए ।

धेरै बिरामीहरु समयमा रगत नपाएर मृत्यु हुने गरेको भन्दै उनले यस्ता समस्यालाई समाधान गर्नु प्रशंसा योग्य कार्य भएको बताए । उनले सबै संघसंस्था तथा ब्यक्तिहरुले यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए । रक्तदान कार्यक्रममा माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष राम बहादुर दहित, आयोजक कमिटि सदस्य खुसिराम चौधरी, नगर बिकास समिति तुलसीपुरका अध्यक्ष यज्ञ बहादुर केसीलगायतको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्