तुलसीपुरमा बुद्ध जयन्ती मनाईयो



सैघाली खबर,
तुलसीपुर, १८ बैशाख ।

प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले धर्म÷धर्मका बीचमा प्रतिस्पर्धा नभइ समन्वय र सद्भाव हुनुपर्ने बताएका छन् । २५६२ औं बुद्ध जयन्तीका अवसरमा तुलसीपुर ७ बसन्तपुरको सम्झी बौद्ध गुम्वामा आयोजीत सभामा चौधरीले धर्महरु प्रतिस्पर्धी नभइ एक अर्काका परिपुरक रहेको बताएका हुन् ।

चौधरीले बुद्ध दर्शन विश्वमा उच्च रहेको बताए । उनले विश्वमा शान्तीको सन्देश फैलाएर नेपाललाई विश्वमा चिनाउने बुद्धको जन्मजयन्तीलाई राज्यले पर्वका रुपमा मनाउनु पर्नेमा जोड दिए । पूर्व राज्यमन्त्री समेत रहेका चौधरीले बौद्ध गुम्वाको विकासकालागि सके प्रदेश स्तरबाट र नसके केन्द्र सरकारबाट पहल गर्ने आश्वासन दिएका थिए । गुम्वा व्यवस्थापन समितिका उपाध्यक्ष मीन कान्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि नेपाली काङ्ग्रेसका महासमिति सदस्य जोगेन्द्र विश्वकर्मा, पत्रकार नारायण भण्डारी लगायतले बुद्धको दर्शनलाई व्यवहारमा उतार्न सके हिंसा मुक्त समाज निमार्ण गर्न सकिने बताएका थिए ।

कार्यक्रममा बौद्घ विहार निर्माणका लागि जग्गा दान गरेकी सम्झी पुनले यो क्षेत्रमा शान्तीको बिरुवा रोप्नकालागि आफूले बौद्ध विहार स्थापनाकालागि योगदान गरेको बताइन् । उनले बुद्ध धर्ममात्र नेपालीको मौलिक धर्म रहेको बताइन् । कार्यक्रमको सञ्चालन दिपक थापा मगरले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्