आजदेखि मतदाता परिचयपत्र वितरण गरिदै



दाङ ११ असार ।
यही असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि तीन प्रदेशका ३३४ स्थानीय तहका मतदातालाई आज आइतबारदेखि मतदाता परिचयपत्र वितरण गरीदैछ।
असार ११, १२ र १३ गते सम्बन्धित मतदान केन्द्रबाट जम्मा ६४ लाख ३२ हजार ७६५ जना मतदातालाई परिचयपत्र प्रदान गरिनेछ । आयोगका सहसचिव नवराज ढकालले मतदाता परिचयपत्रसँगै सही तरिकाले मतसङ्केत गर्न सिकाइने बताए । त्यसका लागि आयोगले हरेक मतदान केन्द्रमा कम्तीमा एक जना मतदाता शिक्षा कार्यकर्तालाई खटाएको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा खटिएका मतदान अधिकृतको टोलीले चार हजार ५८१ मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गर्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्