Dftbftf kl/rokq ljt/0fDofUbLsf] a]gL gu/kfnLsf–( g]K6]rf}/sf] /fli6«o dflj dtbfg s]Gb|df dtbftf kl/rokq ljt/0f ul/Fb} . tl:a/ M ;Gtf]if uf}td, DofUbL, /f;;

मुख्य समाचार

आजदेखि मतदाता परिचयपत्र वितरण गरिदै

By थाहा अनलाइन

June 25, 2017

दाङ ११ असार । यही असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि तीन प्रदेशका ३३४ स्थानीय तहका मतदातालाई आज आइतबारदेखि मतदाता परिचयपत्र वितरण गरीदैछ। असार ११, १२ र १३ गते सम्बन्धित मतदान केन्द्रबाट जम्मा ६४ लाख ३२ हजार ७६५ जना मतदातालाई परिचयपत्र प्रदान गरिनेछ । आयोगका सहसचिव नवराज ढकालले मतदाता परिचयपत्रसँगै सही तरिकाले मतसङ्केत गर्न सिकाइने बताए । त्यसका लागि आयोगले हरेक मतदान केन्द्रमा कम्तीमा एक जना मतदाता शिक्षा कार्यकर्तालाई खटाएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनमा खटिएका मतदान अधिकृतको टोलीले चार हजार ५८१ मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गर्नेछ ।