कुराकानी

आन्दोलित ब्रिटिस गोर्खाहरुको माग पुरा गर्ने जिम्मा नेपाल सरकारको हातमा ।।

By थाहा अनलाइन

May 01, 2018

सैघाली खबर÷काठमाण्डौँ, १८ बैशाख। बेलायती सेना सरह सेवा सुबिधाको माग गर्दै आन्दोलनमा उत्रीएका भुपू गोर्खा सैनिकहरुको आन्दोलन अन्तिम चरणमा पुगेको छ । बिगत २५÷२६ बर्षदेखि आन्दोलनमा उत्रिएका उनिहरुको माग लगभग पुरा हुने अवस्थामा पुगेको छ । तर उनिहरुको माग सुनुवाई हुने वा नहुने कुरा नेपाल सरकारको पराराष्ट्र मन्त्रालयको हातमा छ ।

लामो समयदेखि आफ्ना मागहरु राख्दै आन्दोलनमा उत्रिएपनि राजनितिक अस्थिरताका कारण उनिहरुको मागको सुनुवाई हुन सकेको छैन । सन् १८१६ को सुगौली सन्धिसंगै ब्रिटिस र नेपाल सरकार बिचको लडाई सकिएपछि नेपाली युवाहरुलाई ब्रिटिस सेनामा भर्ति गर्न सुरु गरिएको हो ।।