सैघाली खबर,
गाढा हरियो रंगको तुलसी जस्तै स(साना पात हुने पुदिना चटनी वा अचारको रूपमा तथा खानामा फ्लेवर ल्याउनका लागि गरिन्छ । पुदिना नेपाल, भारत, चीन आदि देशहरूमा पाइन्छ । पुदिना ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ । आयुर्वेदका अनुसार पुदिना स्वेद कारक, उष्ण, दीपन एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ । यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरूमा लाभदायी छ ।
धेरैलाई थाहा हुनसक्छ, पुदिना सुन्दरतामा निखार ल्याउनका लागि पनि प्रयोग गरिन्छ । यसले छाला तथा कपालको स्वास्थ्यमा सकारात्मक असर गर्छ । पुदिनामा एनाल्जेसिक, एन्टी इन्फ्रेलेमेटरी एवं एन्टीअक्सिडेन्ट पाइन्छ जुन कपालका लागि लाभदायक हुन्छन् । छालामा शीतलता प्रदान गर्ने मामिलामा त पुदिनालाई सर्वोत्कृष्ट मान्न सकिन्छ ।
केकस्ता छन् त पुदिनाका गुण रु
ब्ल्याकहेड्स हटाउँछ
पुदिनाले ब्ल्याकहेड्सलाई जरैदेखि निर्मूल पार्छ । यसका लागि १० पात पुदिनालाई एक गिलास पानीमा राम्रोसँग उमाल्ने । पानी थोरै बाँकी रहेपछि निकालेर त्यसमा एक चिम्टी बेसार मिसाएर राम्रोसँग पिस्ने । उक्त मिश्रणलाई अनुहारमा लगाएर औंलाले मालिस गर्ने । १० मिनेटजति पछि सफा पानीले अनुहार पखाल्ने । यो प्रक्रिया हप्तामा दुईपटक दोहोर्याउने । ब्ल्याकहेड्स जरैदेखि नासिन्छ ।
डन्डिफोर र कालो दाग
पुदिनामा एन्टी ब्याक्टेरियल गुण हुन्छ जसले डन्डिफोर बनाउने कोषलाई नाश गर्छ । यसले अनुहारको काला धब्बा तथा पोतोसमेत निर्मूल पार्छ । यसका लागि पुदिनको केही पातलाई मसिनो पारेर पिस्ने । यसलाई अनुहारभरि लगाउने । केही बेरपछि सफा पानीले पखाल्ने । यो प्रक्रिया ३ दिन बिराएर नियमित रूपले अँगाल्दा डन्डिफोर तथा पोतोबाट पूर्ण छुटकारा मिल्छ ।
अनुहार स्वच्छ बनाउँछ
पुदिनामा एन्टी अक्सिडेन्ट हुन्छ जसले अनुहारको मृतकोष हटाउँछ । यसले ब्याक्टेरिया मार्न मद्दत गर्छ । यसबाट छाला स्वस्थ एवं मुलायम हुनुका साथै गोरोपन बढ्छ । यसका लागि पुदिनाको केही पातलाई पिस्ने । यसमा एक चिम्टी बेसार र थोरै गुलाबजल मिसाउने । यो लेपलाई अनुहार तथा घाँटीमा लगाउने र पन्ध्र मिनेटसम्म रहन दिने । अनुहार सफा पानीले धुने । यसो गर्दा अनुहार गोरो तथा चमकदार हुन्छ ।
चाउरी हटाउँछ
पुदिनाको पातमा त्यस्तो गुण पाइन्छ जसबाट छालाको चाउरी कम हुन्छ । चाउरी हटेपछि जवान देखिन सहयोग पुग्छ । यसका लागि पुदिनाको केही पातलाई बास्ना आउन्जेल उमाल्ने । पुदिनाको बास्ना आउने पानीले अनुहार धुने । दिनमा दुई पटक यो प्रक्रिया दोहोर्याउँदा छाला चमकदार, नरम एवं गोरो हुन्छ ।
चिलाउने समस्या हट्छ
पुदिनाको पात पिसेर लगाउनाले छाला सुन्निन र चिलाउनबाट रोक्छ । यसबाट छाला पोल्ने तथा अन्य प्रकारका एलर्जीबाट समेत छुटकारा पाइन्छ । यसका लागि पुदिनाको पात पिसेर त्यो लेप अनुहारमा लगाएर केही बेर रहन दिने र सफा पानीले पखाल्ने । यसो गर्दा छाला चिलाउने समस्याबाट राहत मिल्छ ।
कपाल र्झन रोक्छ
पुदिनामा हुने एन्टीअक्सिडेन्टले कपाललाई फाइदा पुर्याउँछ । कपाल र्झन नदिन पुदिनाको केही पातलाई पानीमा २० मिनेट उमाल्ने । सेलाएपछि उक्त पानीलाई कपालका जरासम्म पुग्ने गरी लगाउने र मसाज गर्ने । १० मिनेटपछि सफा पानीले पखाल्ने ।
चाया तथा इन्फेक्सनबाट मुक्ति
पुदिनाको पातबाट टाउकाको छालामा हुने इन्फेक्सनबाट मुक्त हुन सकिन्छ । यसका लागि पुदिनाको पादलाई पानीमा उमाल्ने र टाउकाको छालासम्म पुग्ने गरी मसाज गर्ने । मसाज गरिसकेर २५ मिनेटपछि सफा पानीले पखाल्ने । यो प्रक्रिया हप्ताको दुइपटक दोहोर्याउने । पुदिनाको पातले कन्डिस्नरको काम गर्छ ।
मुख स्वस्थ राख्छ
मुख सफा राख्न तथा दुर्गन्ध हटाउन पुदिनाले ठूलो सहयोग गर्छ । पुदिना प्राकृतिक माउथवास हो । यसका लागि पुदिनाको पातलाई थोरै नुन राखेको पानीमा १० मिनेटजति उमाल्ने । सेलाएपछि यसलाई माउथवासको रूपमा प्रयोग गर्ने । यो प्रक्रिया दिनमा दुई पटक नियमित गर्ने । केही दिनमै यसको प्रभाकारी असर देखिन्छ ।
स्वास्थ्यसम्बन्धी अन्य फाइदा
(दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५(६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच हुन दिँदैन ।
(पेट फुल्ने वा अजीर्ण हुने समस्यामा पुदिनाको १(२ चम्चा रसमा अलिकति वीरेनून राखी मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ ।
(पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा औषधिजस्तै काम गर्दछ । दिनको १०(१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २(३ पटक केही महिनासम्म खाँदा फाइदा मिल्छ ।
(कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पात राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ ।
(सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ ।
(आधादेखि २ चम्चा पुदिनाको रस पानीमा मिसाई खान दिँदा ज्वरो घट्छ ।
(पुदिनाको पातलाई पानीमा पकाउने, पानी सुकेर रहेको चौथाइ मात्रालाई नियमित विहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ ।
(पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ । घाँटी बढी खसखस भएर खोकी लागेमा पनि फाइदा पुग्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।