सिण्डिकेट खारेज गर्ने कामबाट सरकार पछि हट्दैन : गृहमन्त्री



सैघाली खबर÷काठमाण्डौँ, १८ वैशाख । गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीहरुको सिण्डिकेटलाई खारेज गर्ने कामबाट सरकार पछि नहट्ने बताउनु भएको छ । गृहमन्त्रालयको आयोजनामा आज बिहान हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यातायात व्यवसायीको जस्तोसुकै आन्दोलन भए पनि सिण्डिकेटलाइ खोरेज गर्ने काम गरेरै छाड्ने बताउनुभयो ।

सुशाशन लागुगर्ने काम प्रहरी संगठनसहित सबैक्षेत्रमा लागु भइरहेको बताउँदै थापाले भन्नुभयो ‘प्रहरी भित्र, कर्मचारी क्षेत्र र अन्य क्षेत्रमा हुने भ्रष्टाचार, तस्करी, अनियमिततालाई अन्त्य गरेरै छाड्ने तयारीमा सरकार छ ।’ अहिले विभिन्न क्षेत्रमा सुरक्षा चुनौती पनि उत्तिकै रहेको र यसलाई नियन्त्रण गरेर छोड्ने प्रतिबद्धता उहाँले गर्नुभयो ।

अपराधलाई नियन्त्रण गर्नका लागि कुनै पनि कसर बाँकी नराख्ने उहाँले बताउनुभयो । लागूऔषध ओसार पसार र यसको प्रयोग बढेकाले नियन्त्रण गर्नका लागि आफूहरु लागिपरेको पनि उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्रीको भारत भ्रमणपछि अब चीन भ्रमणको तयारी भैरहेको उहाँले जानकारी दिनुभयो ।

अहिलेको सरकारको एजेण्डा भनेको विकास र समृद्धी नै रहेको बताउनुभयो । माओवादी र एमाले बीचको एकताको काम केही ढिलाई भए पनि अब छिटै हुने उहाँको भनाइ छ । दुईपार्टी बीचको एकता पछि राजनीतिक स्थायीत्व हुने उहाँको दाबी छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्