नायक धिरेन शाक्यले चलचित्र निर्माण गर्दै, शाक्य अब कर्णेल हुने भए ।।



सैघाली खबर/काठमाण्डौँ, बैशाख
थुप्रै चलचित्रमा काम गरिसकेका सदाबहार नायक धिरेन शाक्यले अब भने चलचित्र निर्माण गर्ने भएका छन् । सम्पुर्ण सुटिङ काठमाण्डौँमा सम्पन्न गर्ने योजना पनि उनको छ । उनले आफ्नो नयाँ फिल्मामा नायक÷नायिका पनि नयाँ लिन लागेको जनाएका छन् ।

धिरेनले निर्माण गर्न लागेको चलचित्रमा उनलाई कर्णेलको भुमिकामा देख्न सकिनेछ । उनले निर्माण गर्न लागेको चलचित्र पुर्ण रुपमा एक्सन र कमेडी भएको बताएका छन् ।

साथै उनले पछिल्लो पुस्तालाई फिल्मि क्षेत्रमा आउदा प्रतिसपर्धाको जमाना भएकाले फिल्म सम्बन्धि पढेर, सक्षम भएर मात्रै आउन सुझाव दिएका छन् ।, पहिले थोरै फिल्म बन्ने र हेर्ने दर्शकहरु धेरै हुने भएकाले फिल्म चलेको बताउदै उनले अहिले त्यस्तो अवस्था नभएकाले चलचित्रमा काम गर्नको लागि पुर्ण रुपमा दक्ष हुनैपर्ने बताएका हुन् ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्