कुराकानी

नायक धिरेन शाक्यले चलचित्र निर्माण गर्दै, शाक्य अब कर्णेल हुने भए ।।

By थाहा अनलाइन

May 01, 2018

सैघाली खबर/काठमाण्डौँ, बैशाख थुप्रै चलचित्रमा काम गरिसकेका सदाबहार नायक धिरेन शाक्यले अब भने चलचित्र निर्माण गर्ने भएका छन् । सम्पुर्ण सुटिङ काठमाण्डौँमा सम्पन्न गर्ने योजना पनि उनको छ । उनले आफ्नो नयाँ फिल्मामा नायक÷नायिका पनि नयाँ लिन लागेको जनाएका छन् ।

धिरेनले निर्माण गर्न लागेको चलचित्रमा उनलाई कर्णेलको भुमिकामा देख्न सकिनेछ । उनले निर्माण गर्न लागेको चलचित्र पुर्ण रुपमा एक्सन र कमेडी भएको बताएका छन् ।

साथै उनले पछिल्लो पुस्तालाई फिल्मि क्षेत्रमा आउदा प्रतिसपर्धाको जमाना भएकाले फिल्म सम्बन्धि पढेर, सक्षम भएर मात्रै आउन सुझाव दिएका छन् ।, पहिले थोरै फिल्म बन्ने र हेर्ने दर्शकहरु धेरै हुने भएकाले फिल्म चलेको बताउदै उनले अहिले त्यस्तो अवस्था नभएकाले चलचित्रमा काम गर्नको लागि पुर्ण रुपमा दक्ष हुनैपर्ने बताएका हुन् ।।