एक दुई दिनमै पार्टी एकता टुंगिन्छ : प्रचण्ड



सैघाली खबर/काठमाण्डौँ, १८ वैशाख
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको एक दुई दिनमै पार्टी एकता टुंगिने बताएका छन् । उनका अनुसार सम्भव भएसम्म मे ५ अर्थात वैशाख २२ मा माक्र्सको २०० औं शतबाषिर्की मनाउँदा घोषणा गर्ने योजना छ ।

मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले एकतालाई अन्तिम रुप दिने तयारी भइरहेको बताएका हुन् । साथै उनले आफुहरु धेरै अघि बढिसकेकोले अब पछाडि हट्ने कल्पना पनि गर्न नसकिने बताएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्