स्मृतिमा  मजदुर दिवस



समिक्षा गाहा,
घोराही १८ बैशाख।
बिहानै उठ्ने बितिकै फेसबुक हेर्नै बानी सधै झै आज पनि फेसबुक हेरे अनि फेसबुकमा प्राय जसोले मजदुर दिबसको शुभकामना है भनेर लेखेको स्टाटस देख । अहंो आज त मजदुर दिबस पो रहेछ अनि थाहा पाए। सधै जसो काम सकाएर अफिस आइयो काज त सम्पुर्ण सरकारी कार्यालयहरु बिदा रे अनि मैले सोचे आखिर मजदुर भनेको को होला यही कुराले सताई रह्यो ।
अफिस आइपुगे अफीस देखि अलिपर घर बनाउदै एक जना अधबैशे महिलालाई देखे

मैले सोचे उनि मजदुर हैनन् क्यारे मजदुर भएको भए किन काममा आउँथे होला । घर बनाउदै गरेको ठाउँमा पुगे ति उहाँलाई मैले महिलालाई सोधे नाम केहो भने उहाँले मलाई प्रश्न गर्नुभयो तपाई को हो र नानी मैले भने म पनि तपाई जस्तै मजदुर हो ।
धेरै पटक सोधे पछि उहाँले वल्ल नाम कमली बिक भन्नु भयो । घर कहा नि मैले पुनं प्रश्न गरे गगांपरस्पुर गाबिस उहाले जबाफ फ्र्काउनु भयो । अनि मैले भने आज मजदुर दिबस होनी थाहा छ हजुरलाई अहं छैन त बा उहाँले भन्नु भयो ।

हामी काम गरी खानेलाई केहि न केहि काम मा आउछौ काम गर्छौ साझ बिहान टरेकै छ। उहाले भन्नु भयो के के दिबश आए पनि हामलाई के पो हुन्छर नानी उहाले भन्नु भयो। त्यस पछि म बोल्ने ठाउ नै रहेन आखिर उहाँले भनेको कुरा सहि पनि त हो। नजिकै अर्को घर बनाउदै हुनुन्यो एक जना दाई उहाको नजिकै गए।

 

पुनं त्यहि प्रशन दाङ हजुरको नाम सुमन चौधरी घोराही १६ मा मेरो घर छ । काम गर्नै आउछु ज्याला मजदुरी गरेर खाने मान्छे उस्तै छ हजुर उहाले भन्नु भयो घरमा चार जनाको परीवार छ खेती पाती भनेकै यहि को त्यहि पनि कहिले काहि त पैशा पनि भनेको जति भनेको समयमा पाइदैन ,पहिले पनि बिदेश गएर आको हो राम्रो कमाइ नभएर स्वदेश मै बसेर काम गरौ भनेर काम गर्नै लागेको नि सात आठ बर्ष भयो उहाले यति भने पछि मैले भने आज मजदुर दिबश होनी हजुरलाई थाहा छ , उहाले भन्नु भयो खै मलाई त केहि थाहा छैन त्यस पछि त्यहा बाट म आए। किताबका पाना फेसबुकमा मात्र हुन त मजदुर दिबश मजदुरले मजदुर दिबश हो भनेर कहिले थाहा पाउने त कहिले अनुभुति गर्नै पाउन,े विभिन्न कार्यक्रमहरु हुने गरेपनि एक दिन मजदुर दिवसकै दिन मात्र एक दिन भाषणमा मात्र सिमित हुने गर्दछ । खोइ कहाँ छ मजदुरहरुको हक अधिकार आजको दिनमा मजदुरहरु लाई नि विदा दिनु पर्ने हाइन र तर काम गरिरहेका छन ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्