अपाङ्गता भएकालाई वाख्रा वितरण



सैघाली खबर
दाङ , १८ वैशाख 

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ ले अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत वाख्रा वितरण गरेको छ । अपाङ्गहरुलाई आयआर्जनका लागि भनेर वडाले वाख्रा वितरण गरेको वडाध्यक्ष वालकृष्ण रानाले वताए । उनले अपाङ्गता भएका ३४ जनालाई वाख्रा वितरण गरिएको पनि जानकारी दिए । वडाध्यक्ष रानाले अपाङ्ग परिचय पत्र भएकालाई वितरण गरिएको र नपुगेको ठाउँमा अहिलेका वाख्रावाट आएका पाठा वितरण गरिने पनि जानकारी दिए ।

‘हामीले सबैलाई वितरण गर्ने प्रयास गरिहेका छौ विस्तारै वितरण गर्दै जानेछौ ’ उनले भने । व्यावसायिक रुपमा वाख्रापालनका लागि २ दिने तालिम पश्चात वाख्रा वितरण गरिएको पनि उनले वताए ।  वाख्रा वितरण कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विपन्न वर्गलाई लक्षित गरेर आधुनीक र उन्नत जातका बोका समेत उपलब्ध गराइने वताए ।

उनले निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार आफुले काम गरिरहेको वताउदै गरिव र विपन्न वर्गका लागि सुरक्षित आवास कार्यक्रम अन्तर्गत जस्तापाता वितरण गरिरहेको पनि वताए ।  कार्यक्रमका नगर अपाङ्ग सञ्जालका संयोजक दोलक वहादुर खत्री, वडानम्वर १८ का वडाध्यक्ष माधव वली लगायतले मन्तव्य राखेका थिए । वडा सदस्य डिला परियारका स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रमको सहजिकरण सामाजिक परिचालिका गायत्रा पोख्रेलले गरेकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्