श्रमिक कार्डको व्यवस्था गरिनेछ : नगरप्रमुख पाण्डे



सैघाली खबर
दाङ ,वैशाख १८
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उपमहानगरका श्रमिकहरुलाई विभिन्न सेवा सुविधा सहित श्रमिक कार्डकोे व्यवस्था गरिने वताएका छन् । “एक वर्षभित्र संघीय र प्रदेश सरकारले कानुन वनाउने वित्तिकै हामीले कार्ड लागु गर्नेछौ ” १ सय २९ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरका अवसरमा याताया मजदुरहरुले आयोजना गरेको कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डेले यस्तो वताएका हुन् ।

उनले यातायात मजदुरहरुलाई तालिमको समेत आवश्यकता पर्ने भएकाले उपमहानगरपालिकाले तालिमको लागि सहयोग गर्ने वताए । “यो ठाउँमा आउने मान्छेको भेट पहिलोपटक तपाईहरुसँग हुन्छ यसकारण यो ठाउँको वारेमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि तपाईहरुमा यात्रुमैत्री व्यवहार हुनु आवश्यक छ” उनले भने । उनले यातायात मजदुरको सहजताको लागि नयाँ वन्न लागेको वसपार्क मजदुर मैत्री वनाउन लागेको वताए ।

यातायात मजदुरहरुको जीवनमा धेरै जोखिम हुने भएकाले स्वास्थ्य उपचार र विमाको व्यवस्था गर्नमा मजदुर संगठनले ध्यान दिनुपर्ने वताएका थिए । श्रम र श्रमिकको सम्मान विना राष्ट्रको समृद्धि हुन नसक्ने वताउँदै उनले श्रमिक र उद्योगीका विचमा सधै सुमधुर सम्वन्ध हुनपर्नेमा जोड दिए । नेपाल यातायात मजदुर संगठनले आयोजना गरेको कार्यक्रममा वोल्ने अन्य व्यक्तिहरुले श्रम र श्रमिकको विचमा सुमधुर सम्वन्ध कायम हुनुपर्ने कुरा व्यक्त गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्