मुख्य समाचार

पार्टी एकताको बिषय एक दुई दिनमा नै टुङ्गिने प्रचण्डको भनाइ

By थाहा अनलाइन

May 01, 2018

 

सैघाली खबर काठमाडौं ,वैशाख १८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक, दुई दिनमै पार्टी एकताको बिषय टुङ्गो लाग्ने बताउनुभएको छ । सम्भव भएसम्म मे ५ अर्थात वैशाख २२ मा माक्र्सको २ सयौ औं शतबाषिर्की मनाउँदा पार्टी एकता घोषणा गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । मजदुर दिवसको अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले एकतालाई अन्तिम रुप दिने तयारी भइरहेको बताउनुभयो । ‘पछाडि हट्ने बिषय सोच्न पनि नसकिने भन्दै उहाँले एक दुई दिनमा नै पार्टी एकताको बिषयलाई अन्तिम रुप दिने बताउनुभयो ।