मुख्य समाचार

विभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय श्रमिक दिवस मनाइयो

By थाहा अनलाइन

May 01, 2018

सैघाली खबर काठमाण्डौं ,वैशाख १८

सन् १८८६ मा सुरु भएको मजदुर आन्दोलनको सम्झनामा आज विश्वभर १२९औँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस मनाइएको छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ अमेरिकाको सिकागोबाट विश्व मजदुर दिवस मनाउन सुरु भएको हो । अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । त्यहि बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन र्गयो।

प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो । आज मजदुर दिवसको अवसरमा काठमाडौैंमा पनि विभिन्न संघ संस्थासँग आबद्ध मजदुरले ¥याली गर्नुका साथै विभिन्न कार्यक्रम पनि आयोजना गरेका छन् ।