भ्रमण व्यवस्थित बनाउन ६ वटा समिति



सैघाली खबर
काठमाण्डौं ,वैशाख १८

भारतीय प्रधानमन्त्री मोदी भ्रमणको तयारीका लागि विभिन्न ६ वटा समितिहरु गठन गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा मूल समिति गठन गरिएको छ भने शान्ति सुरक्षा व्यवस्थापन समितिको संयोजकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, अर्थ व्यवस्थापन समितिको संयोजकत्वमा आर्थिक मामिलामन्त्री विजय यादव रहनुभएको छ त्यसैगरी मञ्च व्यवस्थापनको जिम्मा भौतिक पूर्वाधार तथा योजनामन्त्री जितेन्द्र सोनललाई दिईएको छ ।

यसैगरी द्धार निर्माणका लागि भूमिसुधार तथा कृषिमन्त्री शैलेन्द्र साहलाई जिम्मेवारी सुम्पिएको छ भने उद्योग पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायलाई प्रचार प्रसार समितिको जिम्मेवारी दिईएको छ । यसैबिच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणको क्रममा जनक दरबारको घोषणा गर्ने सम्भावना रहेको छ । जनक दरबार भारत सरकारले बनाउने चर्चा केही वर्ष पहिलेदेखि नै हुँदै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्