राप्ती साहित्य परिषदको वार्षिक साधारणसभा



सैघाली खबर
दाङ , १७ वैशाख । राप्ती साहित्य परिषदको वार्षिक साधारणसभा मंगलवार घोराहीमा सम्पन्न भएको छ । परिषदका अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यताका कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले साहित्य सामाजिक रुपान्तरण र परिवर्तनको सवाहक रहेको बताउनुभयो । साहित्य सिर्जनाले सकारात्मक बाटो पहिल्याउदै जाने उहाँको भनाई थियो ।

कार्यक्रममा परिषदका सल्लाहाकार गिरिराज शर्मा, पूर्व केन्द्रिय उपाध्यक्ष शशिधर भण्डारी , प्रलेसका केन्द्रिय उपाध्यक्ष पदम प्रसाद शर्मा , लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, सल्लाहाकार डा. गोविन्द आचार्य, अग्रज साहित्यकार प्रा. गदाधर पौडेल, श्रीकृष्ण शर्मा (पथिक) र नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त लगायतका मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभामा परिषदको विधान संसोधन गर्ने निर्णय गरेको छ ।

संघिय संरचनाका आधारमा परिषदको विद्येक २०३४ लाई संसोधन गरी नयाँ संरचनाका आधारमा निर्माण गर्ने जनाएको छ । परिषदको नयाँ विद्येकले केन्द्रीय कार्यालय घोराही उपमहानगरपालिका १५ मा रहने र साँविक राप्तीका पाँच जिल्लामा रहेका शाखाहरु नयाँ विद्येक र संरचनाका आधारमा सञ्चालन हुने व्यवस्था निर्माण गरिने उल्लेख गरिएको छ । सभामा विद्यृान मस्यौदा समितिका संयोजक टीकाराम उदासीले विद्यान प्रस्तुत गर्नुभएको थियो । भने उक्त समितिमा रमेश सुवेदी र विवि टुहुरो सदस्य रहनुभएको छ ।

परिषदका उपाध्यक्ष एवं रुकुम शाखाका अध्यक्ष मनलाल वंलीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव रमेश सुवेदी र सचिव खेमराज मल्लले गर्नभएको थियो । भने धन्यावाद ज्ञापन राप्ती साहित्य परिषद दाङका अध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो । त्यस्तै राप्ती साहित्य परिषदले मंगलवार कवि गोष्ठी कार्यक्रम पनि सम्पन्न गरेको छ । उक्त गोष्ठीमा करिव चार दर्जन वढि साहित्यकारहरुले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्