शिक्षाको गुणस्तर उठाउन हजार नमुना विद्यालय सञ्चालन गर्ने तयारी



सरकारले २०२२ सम्म हजार नमुना विद्यालय सञ्चालन गर्ने भएको छ ।

विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश सरकारको मातहतमा नमुना विद्यालय बनाउने लक्ष्यसहित कार्यक्रमकै रूपमा सो कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो।

यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । दातृ निकायले लगानी गर्ने उक्त कार्यक्रममा प्रदेश सरकारलाई जिम्मेवार बनाउने यस्तो कार्यक्रम सञ्चालनमा ल्याउन लागिएका बताइएको छ ।

विद्यालय क्षेत्र विकास कार्यक्रमले सात वर्षमा हजार नमुना विद्यालय बनाउने लक्ष्य राखे पनि दुई वर्षमा २ सय २२ विद्यालय मात्र छनोट भएका छन् ।

समाचारमा जनाइए अनुसार, गुरु योजनाका आधारमा नमुनामा छनोट भएका विद्यालयलाई सरकारले आवश्यकताका आधारमा रकम उपलब्ध गराउनेछ । विद्यालय भवन, ल्याब वा अरू जे आवश्यकता छ, त्यही उपलब्ध गराउने व्यवस्था छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्