राजमार्ग क्षेत्रमा पानीको हाहाकार



सागर थापा

दाङ,१९ बैशाख ।गर्मीयामको सुरुवात संगै पुर्व–पश्चिम राजमार्ग क्षेत्रमा खाने पानीको अभाव देखिएको छ । राजमार्ग क्षेत्रका खाने पानीको वैकल्पिक व्यवस्था नहुदा पानीको चरम समस्या देखिएको सर्व–साधारणले वताएका छन् । पानीको सबैभन्दा बढी समस्या लमही नगरपालिका वडा नं ९ अमेलियामा देखा परेको छ ।अमिलियाका करिव एकसय ८० घरपरिवारहरु खानेपानीको चरम समस्या छन् ।

खानेपानीको समस्या टार्न स्थानियहरु ईनार तथा खोलाको भरपर्ने अबस्था रहेको स्थानीय लालु चौधरीले बताउनुभयो । “हामिलाई बिहान र बेलुका अमिलिया प्रहरीले पानी उपलव्ध गराएको छ चौधरीले भन्नुभयो ।सर्वसाधारलाई पानीको समस्या टार्न आफुहरुले सहयोग गर्दै आएको अमिलिया प्रहरी चौकीका इन्चार्ज भरत सिंह राठोरले जानकारी दिनुभयो ।

खानेपानीको समस्या अमिलियामा बर्षौ देखिको हो । हाल आएर नेपाल सरकारले खानेपानीको सम्भाव्यता अध्ययन गर्न भनेर ३ लाख रुपैयाँ बिनियोजन गरेको स्थानिय बासिन्दा पुर्ण बहादुर बस्नेतले जानकारी दिनुभयो ।स्थानीय, प्रदेश र संघको निर्वाचन भईसकेपछि खानेपानीको समस्या समाधान कुनै निकाय पहल नगरेको वताउँनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्