प्रदेश ५

दशबुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन

By थाहा अनलाइन

May 02, 2018

दशबुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन समापन भएको छ ।

२३ देशका विद्वान तथा धर्मगुरु र वरिष्ठ भिक्षुहरुको सहभागिता रहेको सम्मेलनले लुम्बिनी  बुद्धको जन्मस्थल, बुद्ध धर्म र विश्व शान्तिको मुहानलाई स्विकार्दै प्रवर्द्धन गर्ने प्रतिबद्धता समेत जनाएको छ।

लुम्बिनीलाई बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने समेत निर्णय गर्दै बौद्ध सम्मेलन सकिएको हो ।

लुम्बिनी घोषणापत्र

हामी २३ देशका अन्तराष्टिय सहभागीहरु नेपाल सरकार तथा लुम्बिनी विकास कोशले २०७५ साल बैशाख १५ र १६ गते आयोजना गरेको २५६२औँ बुद्धजयन्ती तथा अन्तराष्टिय बौद्ध सम्मेलनमा भेला भएकाले विगतमा भएका उपलब्धीहरुलाई समेट्दै लुम्बिनी भगवान बुद्धको जन्मस्थल र बुद्ध धर्म र विश्वशान्तिको मुहानलाई स्वीकार्दै प्रवद्र्धन गर्ने ।

मानवताको सबैभन्दा ठूलो गुरुको जन्मस्थलको महानतालाई बोध गर्दै र यसले अन्तराष्टिय भाइचारा, दया, करुणा र मानवजातिको लागि र अन्तरआस्था र शान्ति सम्वादको लागि अन्तराष्टिय केन्द्रको रुपमा विकासित गर्ने । लुम्बिनीलाई विश्व शान्तिको केन्द्रको रुपमा विकास गर्ने सहभत भएका छौँ जहाँ धर्म र धर्मनिरपेक्ष नेताहरुको एकै थलोमा आएर गरिवीबाट उन्मुक्ति दिलाउने र संयुक्त राष्ट संघ र नेपाल सरकारले देखेको दृष्टिकोणलाई अगाडि बढाउने लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने । बुद्धको मध्यमार्गको शिक्षा मानवताको दीगो भविष्यको लागि टार्न नसकिने विश्व चुनौतीहरु जस्तै पर्यावरणीय समस्या, मौसम परिवर्तन, विकराल गरिबी, सीमान्तकृत, शोषण, हिंसालाई सहन गर्न सक्ने क्षमता निहीत छ । बौद्ध समूह, समुदाय तथा संस्थाहरुको अमुल्य योगदानहरुलाई एककिृत गरेर निर्माण गर्ने ।

विश्व समुदायलाई बढ्दो हिंशा, असहिष्णुता र द्धन्दको सम्बोधन गर्न अह्वान गर्ने र दिगो विश्व शान्तिको निम्ति बुद्धको शिक्षालाई अवलम्बन गर्दै अन्तरआस्था, सहयोग, सदाचारहरुलाई प्रवद्र्धन गर्दै रणनीति तर्जुमा गर्ने।

यहाँ हामी एकमतले सहमत छौँ १ सन् २०१६मा घोषणा गरिएको लुम्बिनी घोषणापत्रमा उल्लेखित लुम्बिनी नेपाललाई भगवान बुद्धको जन्मस्थल र बौद्धधर्म र विश्वशान्तिको मुहानलाई विश्वरुपमा प्रवद्र्धन गर्ने । २ केन्जो टांगेद्धारा डिजाइन गरिएको लम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रको रुपमा सम्पन्न गर्ने । ३ अन्तरआस्था, सम्वादको प्रवद्र्धन गर्न र विश्व बौद्ध समुदायलाई एकीकृत गर्न, एशियामा बढ्दो जातीय हिंसा र यसलाई बौद्ध मार्गबाट समाधान गर्नको निम्ती एक भइ काम गर्ने । ४ लुम्बिनीमा शान्ति र द्धन्द्धको निरुपणको लागि अन्तराष्टिय केन्द्र स्थापना गर्ने । ५ लुम्बिनीलाई एशियाको वृहत्तर तीथस्थलको सर्किटको रुपमा स्थापना गरि भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलंका म्यानमार, बंगलादेश, चीन र पाकिस्ताको बौद्ध सम्पदाहरुलाई प्रवद्र्धन गर्ने । ६ वृहत्तर लुम्बिनीको पुरातात्वीक, संस्कृतिक र प्राकृतिक सम्पदाहरुलाई एकीकृतरुपमा व्यवस्थापन गरि संरक्षण गर्ने । ७ बृहत्तर लम्बिनीको वातावरणको संरक्षण गर्न र सबै किसिमका प्रदुषणको स्रोतको अनुगमन र नियन्त्रण गर्ने । ८ कपिलबस्तु ९बुद्ध र शाक्यको मातृभूमी०, देवदह ९महारानी मायादेवीको माइतीघर०, रामग्राम ९बुद्धको अस्तुधातुभएको स्थल० हरुको बृहत महत्वलाई हृदयंगम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिष्ट सर्किट अन्तर्गतको रुपमा एकीकृत बृहद लुम्बिनी गुरु योजनाको रुपमा निर्माण गर्ने । ९ बौद्ध शिक्षाको लागि लुम्बिनीलाई विश्व केन्द्रको रुपमा विकास गर्ने । १० लुम्बिनी घोषणापत्र २०१६ लाई कार्यान्वयन गर्दै विश्व बौद्धिष्ट मञ्चको स्थापना गरि बुद्ध परम्पराहरुको संजालको लागि शुभारम्भ गर्ने ।