भालुवाङमा चुनाबी सभालाइ सम्बोधन गदै जर्नादन शर्मा आजै अन्य ६ वटा सभालाई सम्बोधन गर्नै



दाङ ११ असार
गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ दाङ आउनुभएको छ । असार ११ गते चुनावी सभालाई सम्वोधन गर्न उहाँ दाङ आउनुभएको हो ।

असार १० गते राप्ती गाउँपालिकाको पाखापानीमा बास बस्नुभएका गृहमन्त्री शर्माले असार ११ गते जिल्लाका सात स्थानमा आयोजित सभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।
प्रचारप्रसारको अन्तिम दिन आइतवार गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को सहभागितामा पूर्व भालुवाङदेखि पश्चिम हापुरेसम्म सात वटा सभा आयोजना गरिएको माओवादी केन्द्र दाङले जनाएको छ ।

जसअनुसार अहिले भालुवाङमा कार्यक्रम भइराखेको माओदादी केन्द्रका सहइन्चार्ज निमृल आर्चायले जानकारी दिनु भयो। त्यस्तै साढे ११ बजे गढवामा सभा, साढे १२ बजे लमहीमा सभा, साढे २ बजे नारायणपुरको सभा, साढे तीन बजे तुलसीपुरको सभा, साढे ४ बजे श्रीगाउँको सभा र साढे ५ बजे हापुरेमा आयोजित सभालाई गृहमन्त्री शर्माले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको माओवादी केन्द्र दाङका निर्वाचन परिचालन समिति संयोजक निर्मल आचार्यले जानकारी दिनुभयो । माओवादी केन्द्र घोराहीले नारायणपुरमा आइतवार उपमहानगरस्तरीय ¥याली र सभा गर्ने जनाएको छ ।

यसैबीच माओवादी केन्द्र घोराहीले शनिवार वडा नम्बर ६ र वडा नम्बर १७ को संयुक्त आयोजनामा मोटरसाइकल ¥याली गरेको छ । सौडियारबाट शुरु भएको ¥याली घोराही बजारहुँदै बर्गदी ओखरा ढिकपुरसम्म पुगेको थियो । त्यस्तै माओवादी केन्द्र तुलसीपुरले प्रमुखका उम्मेदवार शेषुराम भण्डारी र उपप्रमुखका उम्मेदवार सिता ओलीसहित वडा नम्बर १४ र १५ मा घरदैलो गरेको छ । त्यस्तै माओवादी केन्द्र राप्ती गाउँपािलकाका अध्यक्ष श्यामेश चौधरी र उपाध्यक्ष भगवता शर्मा अधिकारीसहितको टोलीले शनिवार वडा नम्बर ८ बिजौरीलगायतका गाउँमा घरदैलो गरेको छ ।

माओवादी केन्द्र बंगलाचुलीले शनिवार वडा नम्बर ८ हाँसीपुरमा जनसभा गरेको छ । सभालाई पूर्व सामान्यप्रशासन मन्त्री रेखा शर्मा, जिल्ला संयोजक सुवास पुन, अध्यक्षका उम्मेदवार भक्तबहादुर ओली, उपाध्यक्षका उम्मेदवार यमुना घर्ती मगरलगायतले सम्बोधन गर्नुभएको थियो । त्यस्तै माओवादी केन्द्र दंगीशरणले वडा नम्बर २ मा ¥याली र सभा गरेको छ । सभालाई गाउँ निर्वाचन परिचालन समिति संयोजक मनिराम चौधरी, अध्यक्षका उम्मेदवार हिरालाल चौधरी र उपाध्यक्षका उम्मेदवार सिता बस्नेतले सम्बोधन गर्नुभएको थियो ।

त्यसैगरी माओवादी केन्द्र गढवाले शनिवार वडा नम्बर ४ मा घरदैलो गरेको छ । अध्यक्षका उम्मेदवार लुमाकान्त न्यौपाने र उपाध्यक्षका उम्मेदवार रमाकुमारी चौधरीको नेतृत्वमा घरदैलो गरिएको निर्वाचन परिचालन संयोजक विश्वास शर्माले जानकारी दिनुभयो । त्यस्तै माओवादी केन्द्र बबइले वडा नम्बर २, ३ र ४ मा घरदैलो गरेको छ । अध्यक्षका उम्मेदवार सुशील खड्का क्षेत्री र उपाध्यक्षका उम्मेदवार उर्मिला ओलीको नेतृत्वमा घरदैलो गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्