३३ केजी सुन तस्करी काण्डः ६२ जनाविरुद्ध ३ किसिमका मुद्दा दर्ता



सैघाली खबर ,
काठमाडौं । प्रहरीले ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेकाहरु बिरुद्ध आज मुद्दा दर्ता गर्ने तयारीगरेको छ । प्रहरीले पक्राउ परेका २८ जना र अन्य ३४ जनासहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार९आज० मुद्दा दर्ता गर्न लागेको हो ।

प्रहरीले मिसिल सरकारी वलिकको कार्यालयमा बुझाएपछि अभियोग पत्र तयार पारी उनीहरुविरुद्ध तीन प्रकारको मुद्दा दर्ता गर्न लागेको जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा चलाइने छ ।

प्रहरीले पक्राउ परेका २८ जनालाई छुट्टाछुटै मुद्दा दर्ता गर्ने तयारी गरेको छ भने मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित फरार अन्य ३४ जना विरुद्ध पनि मुद्दा दर्ता गर्ने तयारी गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, तीन व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीविरुद्ध आज मुद्दा दर्ता हुनेछ ।

को–को विरुद्ध हुँदैछ मुद्दा दर्ता 

मुख्य अभियुक्त भनिएका गोरे भनिने चूडामणि उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक का नेता भुजुङ गुरुङ, थाई एयरवेजका कर्मचारी बालकृष्ण श्रेष्ठ र कपिलराज पुरी, व्यापारी गोपालकुमार श्रेष्ठ, व्यापारी दोराम खत्री, व्यापारी सम्भिरप्रसाद तोलाङे, व्यापारी हेमन्त गौतम, गुन्डा नाइके ‘तक्लु’ भनिने पुण्यप्रसाद लामा, व्यापारी वीरेन्द्रमान श्रेष्ठ, थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, व्यापारी राजु महर्जन, व्यापारी, भारतीय नागरिक महावीर गोल्यान, लाक्पा शेर्पा हत्या आरोपी, मदन घिमिरे हत्या आरोपी, आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य, जय मातादी गोल्य प्यालेसका सञ्चालक पवन अग्रवाल, गोरेका सहयोगी मोहन काफ्ले र नरेन्द्र कार्की
पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकास खनाल, डीएसपी सञ्जय राउत, डीएसपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेल, जवान विष्णु खड्का

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्