तुलसीपुरमा नगर शिक्षाको प्रोफाइल वनाइने



सैघाली खबर
तुलसीपुर, वैशाख १९
तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले नगर शिक्षाको प्रोफाईल वनाउने भएको छ । प्रोफाईलमा तुलसीपुरका शिक्षा सम्बन्धि गतिविधि र तथ्यांकहरु समेटिने छ । शिक्षाको क्षेत्रमा भइरहेका गतिविधिका वारेमा जानकारी लिन र भविष्यका वारेमा शैक्षि कार्ययोजना वनाउन प्रोफाइले मद्दत गर्ने स्रोत व्यक्ति मुकुन्द रिजालले जानकारी गराउनु भयो ।

तुलसीपुर उपमहानगरपालिका भित्रका ८३ सामुदायिक विद्यालयका प्रधानाध्यापकसँगको वैठकले सामुदायिक विद्यालयमा हालसम्म विद्यार्थी भर्नाको पनि समिक्षा गरेको थियो । यस वर्ष सामुदायिक विद्यालयमा १६ हजार विद्यार्थी भर्ना हुने आँकलन गरिएको छ । यो आँकडा गतसालको भन्दा करिव २० प्रतिशतले वढि हो । यसका साथै प्राथमिक तहमा शतप्रतिशत पाठ्यपुस्तक पुगेर पढाइ आरम्भ भएको समेत वैठकमा जानकारी दिइएको थियो । अन्य तहका लागि पनि पाठ्यपुस्तकका अभाव नभएको जानकारी गराइएको थियो । यसैवर्षबाट उपमहानगरपालिकाले आरम्भ गरेको अँग्रेजी माध्यमबाट शिक्षण गर्ने कुरालाई प्रभावकारी वनाउनका लागि २३ गतेबाट तालिमको आयोजना गरिने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा विद्युतिय हाजिरी र वाइफाईको व्यवस्थापनका लागि नक्सांकन गर्ने समेत वैठकले निर्णय गरेको छ । यसैगरि सम्पूर्ण सामुदायिक विद्यालयहरुमा शिक्षणमा एकरुपता ल्याउनका लागि शैक्षिक क्यालेन्डर वनाउने समेत वैठकले निर्णय गरेको छ । कक्षा ८ को ग्रेटसिट वैशाख मसान्तसम्म दिइने समेत वैठकले निर्णय गरेको छ ।

वैठकलाई सम्बोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई तान्नका लागि विद्यालयहरुले विशेष पहल गर्नुपर्ने वताए । “विद्यार्थीहरु तानेर मात्रै हुँदैन, उनीहरुलाई टिकाउने र विकाउने काम पनि हामीले गर्नुपर्दछ ” पाण्डेले भने । शिक्षाको अवस्था सुधार्नका लागि विद्यालयले उत्कृष्ट शिक्षकलाई र उपमहानगरपालिकाले उत्कृष्ट प्रधानाध्यापकलाई सम्मान गर्ने समेत उनले वताए ।

तुलसीपुर उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज विश्वकर्माले उपमहानगरले शिक्षाका कार्यविधि निर्माण गरेर शिक्षाको अवस्था सुधार्दै लगेको वताए । तुलसीपुर शिक्षा शाखा प्रमुख भाष्कर गौतमले सामुदायिक विद्यालयमा धेरै सम्भावना भएकाले सबैलाई लगनशिलतापूर्वक काम गर्न आग्रह गरेका थिए । वैठकमा विभिन्न शिक्षकले गुनासा समेत राखेका थिए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्