नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने सरकारको तयारी



सैघाली खबर
काठमाण्डौं, वैशाख १९

सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने तयारी गरेको छ । यही वैशाख २३ देखि सुरु हुने संसद अधिवेशनबारे जानकारी दिन सभामुख कृष्णबहादुर महराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो । अधिवेशन सुरु भएको दोस्रो दिन नै संसद सञ्चालन नियमावली पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, वैशाख २४ देखि २७ गतेसम्म नियमावली पारित गर्ने, वैशाख २६ देखि तीन दिनसम्म प्रिबजेट छलफल गर्ने, जेठको पहिलो हप्ता नीति तथा कार्यक्रम पारित गर्ने र १५ जेठमा बजेट ल्याउने गरी काम अघि बढाइएको सभामुख महराले जानकारी दिनुभयो । असार मसान्तसम्म बजेट पारित गर्ने र यो बीचमा नै संविधान कार्यन्वयनका लागि आवश्यक विधेयकहरुमाथि छलफल गर्ने जनाइएको छ ।

असार मसामन्तभित्र संसदीय समितिहरुलाई पूर्णता दिने गरी काम हुने पनि सभामुख महराले जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा संसदलाई सम्बोधनको कार्यक्रम नरहेको पनि सभामुख महराले प्रस्ट पार्नुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्