आज मध्यरात बाट मौन अबधी शुरु



असार ११ दाङ
स्थानीय चुनावको प्रतिस्पर्धामा रहेका उमेदवारहरु आज अन्तिम दिनको प्रचारप्रसारमा व्यस्त रहेका छन् । आइतबार मध्यरातबाट मौन अवधि सुरु हुन्छ । मतदान नसकिएसम्म लागू हुने मौन अवधिमा मतदातालाई प्रभावित पार्ने र प्रचारका कुनै पनि काम गर्न रोक लगाइएको छ ।

निर्वाचन आचारसंहिता अनुसार आइतबार मध्यरातबाट उमेदवारले प्रचारप्रसार गर्न नपाउने भएकाले दलहरु अन्तिम दिनको चुनाव प्रचारमा खटिएका छन् । प्रमुख दलका शीर्ष नेतासहित उम्मेदवारहरु चुनावी सभा, र्याली र मतदातासँगको भेटघाटमा व्यस्त रहेका छन् ।
मौन अवधि सन्चार माध्यमहरुलाई पनि लागू हुन्छ । यस अवधिमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई भोट माग्दै विज्ञापन वा सन्देश प्रकाश प्रसारण गर्न रोक लगाइएको छ । त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ‘एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने,’ उल्लेख छ ।

निर्वाचनका लागि खटिएका कर्मचारीहरुले मौन अवधिभित्रै मतदान केन्द्रहरु तयार गर्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्