उपचारका क्रममा महिलाको मृत्यु, आफन्तहरु आक्रोसित



दिपक बोहरा
दाङ १९ बैशाख । तुलसीपुरमा उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंबर ५ को ग लाईनमा रहेको ज्योति मेडिकल एण्ड बिनोद प्याथोलोजीमा उपचारका तुलसीपुर ७ निबासी प्रेमा कुमालको मृत्यु भएको हो ।

सामान्य पेट दुखेको अबस्थामा अस्पतालमा आएकी प्रेमाको मेडिकलका डा.प्रकाश नेपालीले उपचार गरिरहेका थिए । उनले उपचार गरिरहेको केही समयमा प्रेमालाई गाह्रो भएपछि अञ्चल अस्पताल तुलसीपुरमा लिने क्रममा निधन भएको थियो । यसैबीच उनले प्रहरी समक्ष ट्राइकेन एमपिएस र पेन्टोप्राजोल औषधी प्रयोग गरेको बयान दिएका छन् ।

आफन्तले भने गलत औषधी प्रयोग गरेको आसांका गरेका छन् । पीडित पक्षले घटनाको छानबिन र दोषीलाई कार्बाही नगर्दा सम्म शब नबुझने बताएका छन् । मेडिकल संचालक विनोद धौलाकोटी विरामी घरबाट ल्याउदा देखि नै जटिल भएका कारण उपचार क्रममा अस्पतालमै निधन नभएको वताएका छन् । राप्ती अंचल अस्पतालमा लग्दा लग्दै बाटोमा निधन भएको उनले वताएका हुन ।

प्रहरीले मेडिकल संचालक विनोद धौलाकोटी र डा. प्रकाश नेपालीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्