प्रतिनिधि सभाको दोस्रो अधिवेशनका २३ गतेदेखि



 

काठमाडौं, १९ चैत । सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाको दोस्रो अधिवेशनका सम्भावित कार्यक्रमहरुबारे जानकारी गराउनुभएको छ । संसद सचिवालय सिंहदरबारमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सभामुख महराले यही बैशाख २३ गतेदेखि शुरु हुने संघीय संसद प्रतिनिधि सभाको दोस्रो अधिवेशनका सम्भावित कार्यक्रमहरु जनकारी गराउनुभएको हो ।


बैशाख २३ गतेदेखि शुरु हुने अधिवेशनका क्रममा जेठको पहिलो हप्ता सदनमा राष्ट्रपतिज्यूले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र जेठ १५ गते बजेट प्रस्तुत गरिने सभामुख महराले बताउनुभयो ।

दोस्रो अधिवेशनको सम्भावित कार्यक्रमदोस्रो अधिवेशनको सम्भावित कार्यक्रम

 

  • २०७५ वैशाख २३ गते आइतबार संघीय संसदको दोस्रो अधिवेशन दिनको ४ बजे प्रारम्भ, ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धान्जली, अधिवेशन अघि जारी अध्यादेशहरु प्रस्तुत ।
  • २०७५ वैशाख २४ देखि २७ भित्रनियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, संशोधन प्रस्तुत गर्ने अवधि र पारित गर्ने, साथै पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेशहरु स्वीकृत गरिने ।
  • २०७५ वैशाख २६ गते देखि ३ दिन(प्रि बजेट) विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थमन्त्रीबाट प्रस्तुत गर्ने र सभामा छलफल गर्ने ।२०७५ जेठको पहिलो हप्ताराष्ट्रपतिबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्ने, सो को लागि राष्ट्रपतिलाई धन्यवाद दिइने ।उक्त नीति तथा कार्यक्रममाथि छलफल गर्ने र प्रधानमन्त्रीबाट जवाफ दिने र नीति तथा कार्यक्रम पारित गर्ने ।
  • २०७५ जेठको १५ गते संविधान बमोजिम राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने ।
  • २०७५ जेठ १७ गते देखि एक हप्ताबजेटमाथि सैद्धान्तिक छलफल गर्ने, अर्थमन्त्रीबाट जवाफ दिने, स्पष्टिकरणको जवाफ दिने ।
  • २०७५ जेठको चौथो हप्ता देखि असारको तेस्रो हप्तासम्म विनियोजन विधेयक प्रस्तुत गरी सवै मन्त्रालयका शीर्षकगत छलफल गर्ने, विनियोजन विधेयक पारित गर्ने र विनियोजन विधेयकका आश्रित विधेयकहरु–आर्थिक विधेयक, राष्ट्रऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक पारित गर्ने ।
  • २०७५ असार चौथो हप्तादेखि

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्