मुख्य समाचार

३३ किलो सुनकाण्डका अर्का अभियुक्त एसएसपी लोहनी पक्राउ

By थाहा अनलाइन

May 02, 2018

सैघाली खबर ३३ किलो सुन तस्करीको अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिले एसएसपी दिवेश लोहनीलाई पक्राउ गरेको छ । मंगलबार बयानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका लोहनीलाई पक्राउ पुर्जी थमाएर अदालत पेस गरिएको हो ।

महानगरीय अपराध महाशाखा प्रमुख रहेको बेला एसएसपी लोहनीले नै सनम शाक्यको हत्यापछि अनुसन्धानलाई नेतृत्व दिएर अगाडि बढाएका थिए। लोहनीले शाक्यको हत्याबारे अनुसन्धान गर्न र तस्करीका मुख्य नाईके भनिएका गोरे भनिने चूडामणि उप्रेतीलाई पक्राउ गर्न डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई मोरङ पठाएका थिए।

एसएसपी लोहनीले उक्त घटनाबारे अनुसन्धान गर्नुअघि निमित्त आईजीपी बमबहादुर भण्डारीसँग पनि मौखिक अनुमति लिएका थिए भने अनुसन्धानबारे बारम्बार प्रहरी प्रधान कार्यालयलाई रिपोर्ट पनि गरेका थिए।