मोदीको नेपाल भ्रमणः अरुण तेश्रोको संयुक्त उद्घाटन हुने, जनकपुरको साँचो मोदीलाई सुम्पिइने



आगामी बैसाख २८ र २९ मा भारतीय प्रधानमन्त्री नरेन्द्रभाई मोदी नेपाल आउने भएका छन् । उनको नेपाल भ्रमणको उद्धेस्य नाकाबन्दीदेखि नै नेपालसित बिग्रेको सम्बन्ध पुनस्र्थापित गर्नु रहेको बताइएको छ ।

त्यसदिन भारतीय प्रधानमन्त्री मोदीका तीनवटा हेलिकोप्टर पटनाबाट उडेर जनकपुर बाह्रबिघामा अवतरण गर्ने र नेपालका प्रधानमन्त्री केपी ओलीले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

सोकालागि सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राखेर पाँच तहको सुरक्षा व्यवस्थापन गरेको बताइएको छ । उनको भ्रमणमा उच्च स्तरीय सुरक्षा व्यवस्था मिलाउन ७ हजार सुरक्षाकर्मी परिचालन हुने छन् ।

यसका साथै अभिन्नदन स्थलको विभिन्न स्थानमा सिसिटीभी, प्रदेशद्वारामा चेकजाँच गर्ने मेसिन र ड्रोन क्यामराहरु समेत प्रयोग हुने भनिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार यहाँको सुरक्षा अवस्था बुभ्mन भारतीय सुरक्षाकर्मी सोमबार नै जनकपुर आइपुगेका छन् । मोदी जनकपुर भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ ।

धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए । अगामी ११ मई विहान करिव ९ वजे भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउने गरि प्रदेश सरकारले तयारी थालेको छ ।

गृहमन्त्री रामबहादुर थापाका अनुसार जनकपुर भ्रमण उनी मुस्ताङ भ्रमणमा जाने छन् । मोदीको आसन्न नेपाल भ्रमणमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने तयारी छ । २९ वैशाखमा दुवै प्रधानमन्त्रीले काठमाडौंबाट स्विच थिचेर परियोजनाको शिलान्यास गर्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्