रोशन कुमार कबु फिल्मसको पहिलो चलचित्रमा अनूबन्धित, चलचित्रको नाम भने गोप्य ।।



सैघाली खबर/काठमाण्डौँ, बैशाख।
कबु फिल्मसले नयाँ चलचित्र निर्माण गर्ने भएको छ । कबु फिल्मसको पहिलो चलचित्रमा रोशन कुमार अनूबन्धित भएका छन् । रोशनले दुई दर्जन चलचित्रमा मुख्य÷सहायकको रुपमा निर्देशन र एक सय बढी म्युजिक भिडियोमा निर्देशनको काम गरिसकेका छन् । रोसनले निर्देशन गरेको पहिलोे गिति चलचित्र ‘भाग्य’ र दोस्रो कमेडी चलचित्र ‘जे सुकै होस’ प्रदसनको तयारीमा छन् ।

अहिलेसम्म नाम गोप्य नै राखिएको चलचित्र पुर्ण रुपमा सामाजिक, पारिवारिक र आर्थिक रुपमा झेल्नु परेका समस्यको सेरोफेरोमा निमार्ण गर्न लागिएको छ । एन बि अन्जानले लेख्नु भएको चलचित्रको कलाकार छनौट र छायङ्कन अबको केहि दिनमै सुरु हुने निर्माण पक्षले जनाएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्