प्रदेश ३

ओली र प्रचण्डबिच पार्टी एकताबारे अझै कुरा मिल्न सकेन ।।

By थाहा अनलाइन

May 03, 2018

सैघाली खबर/काठमाण्डौँ, २० बैशाख। एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै डेढ घण्टा छलफल भएको छ । विहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सकारात्मक भएको र दुई अध्यक्षले पार्टी एकताको मिति नै तोक्नेगरि गृहकार्य गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले बताउनुभयो ।

विहीबारको छलफल निर्णायक हुने भनिए पनि केही विषयमा अझै कुरा मिल्न सकेको छैन । गएको ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन दुई पार्टीको एकता हुने घोषणा गरिए पनि माओवादीले नयाँ पार्टीमा दुवै पार्टीका आधाआधा केन्द्रीय सदस्य हुनुपर्ने, विधानमा जनयुद्ध शब्द राख्नैपर्नेलगायत माग गरेपछि एकता हुन सकेको छैन । दुवै पार्टीले यी विषयमा कुरा मिलाउने जिम्मा पार्टी अध्यक्षलाई दिएपछि शीर्ष तहमा वार्ता भइरहेका छन् ।।