धुले आँधीका कारण ७६ जनाको मृत्यु, १५० घाईते ।।



सैघाली खबर/काठमाण्डौँ, २० बैशाख
धुले आँधीका कारण भारतको उत्तरी क्षेत्रमा कम्तिमा ७६ जनाको ज्यान गएको छ । राजस्थान तथा उत्तर प्रदेशमा बुधबार राति आएको धुले आँधी तथा वर्षाका कारण धेरैको ज्यान गएको हो । धुले आँधीका कारण १५० जनाको हाराहारीमा घाइते भएका छन् । आँधीका कारण धेरै घरमा क्षति भएको छ । राति मानिस सुतिरहेका बेला आँधी आएकाले धेरैको ज्यान गएको हो ।

आँधीसँगै चट्याङ्ग पनि परेकाले धेरैको हताहती भएको हो । धुले आँधीका कारण राजस्थानका अल्वार, भरतपुर र ढोलपुर बढी प्रभावित भएका छन् । तीन जिल्लामा कम्तिमा ३१ जनाको ज्यान गएको छ । अहिले उद्धार तथा राहतको काम भइरहेको स्थानीय अधिकारीले बताएका छन् । आँधीका कारण बढी प्रभावित भएका जिल्लामा स्कुल तथा अरु केही सरकारी कार्यालय बन्द गरिएको छ ।

आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको र मर्मतको प्रयास भइरहेको जनाइएको छ । राजस्थानी मुख्यमन्त्री वसुन्धरा राजेले प्रभावित क्षेत्रमा राहतको काम भइरहेको जनाएका बताएकी छन् । यस्तै उत्तर प्रदेशमा ४५ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा आग्रा जिल्लाका ३६ जना रहेका छन् । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्