प्रदेश ३

भदौदेखि फौजदारी आचारसंहितामा समाचार लेख्नेलाई सजाय ।।

By थाहा अनलाइन

May 03, 2018

सैघाली खबर/काठमाण्डौँ, २० बैशाख नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएको भए पनि त्यसलाई व्यवहारमा लागु गर्न नसकिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताउनु भयो । प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउनुभएको हो ।

उहाँले भदौ महिनादेखि लागु हुने फौजदारी आचारसंहितामा समाचार लेखेकै आधारमा पत्रकारलाई सजाय गर्न सक्ने धेरै प्रावधान रहेको भन्दै त्यो प्रेस स्वतन्त्रताप्रति बाधक हुने धारणा राख्नु भयो ।

महासंघका निवर्तमान अध्यक्ष डा. महेन्द्र विष्टले विगतको तुलनामा प्रेस स्वतन्त्रताको अवस्थामा निकै सुधार आएको भएतापनि प्रवृत्तिगत आधारमा भने चुनौती कायमै रहेको बताउनु भयो । उहाँले प्रेस स्वतन्त्राको अवस्था सुधार्न केही नीतिगत, कानुनी, संरचनागत र व्यावहारिक क्षेत्रमा काम गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरि महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले विश्वमा पत्रकारमाथि भैरहेको हत्या तथा आक्रमणको विरोध गर्दै त्यस्ता कुकृत्यको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रताको रक्षा गर्नु लोकतान्त्रिक सरकारको दायित्व रहेको भन्दै पत्रकारिताका लागि उचित वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो ।।