भाषा माथि नै कुदृष्टि, विवादको घेरामा अनिवार्य नेपाली विषय !



सैघाली खबर/काठमाण्डौँ, २० बैशाख ।
पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को पाठ्क्रमबाट अनिवार्य नेपाली विषय हटाउने त्यसो नभए ५० पूर्णाङ्कमा खुम्च्याउने तयारी गरेको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । संविधानतः कक्षा १२ सम्मैलाई विद्यालय शिक्षाकै मान्यता दिइसकेको अवस्थामा पाठ्यक्रम केन्द्रले गरेको यो तयारीले नेपाली भाषालाई विस्थापन गर्ने षडयन्त्र भएको आरोप उनीहरुको छ ।

नेपालीको पूर्णाङ्क एक सय बनाउनुपर्ने माग विकास केन्द्र र शिक्षा मन्त्रालयमा प्रस्तुत गरेको अवधारणाअनुसार नै पाठ्यपुस्तक तयार नपारे सशक्त आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिएका छन् । संविधानमा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने व्यवस्था छ ।

नेपाली भाषा सिंगो नेपाली जातिको पहिचान र राष्ट्रियतासँग गाँसिएको विषय भएकाले पनि विद्यालय तहबाटै भाषाको संरक्षण एवं प्रवद्र्धनमा लाग्नुपर्नेमा पाठ्यक्रम विकास केन्द्रले नै पाठ्यक्रमबाट नेपाली विषय विस्थापन गर्ने प्रयास भएको खोजेको सरोकारवालाको आरोप छ ।

पाठ्क्रम विकास केन्द्रले क्रेडिट आवरका आाधारमा कक्षा ११ र १२ मा नेपाली विषयको पूर्णाङ्कलाई सयबाट घटाएर ५० मा सिमित गर्ने वा नेपाली विषय नै विस्थापन गर्ने विषयमा छलफल अघि बढाएको भन्दै विरोध चुलिएको हो । नेपाल भाषा बचाउ अभियानका संयोजक सविन लम्साल नेपाली भाषा पहिचान भएकाले संरक्षण गर्ने तर्फ लाग्नुको सट्टा उल्टो विस्थापनको लागि सरकार उद्दत भएको बताउनुभयो ।

भाषाको बलियो जग विद्यालय तह नै भएपनि केन्द्रले विद्यालय तहबाटै नेपाली विषयको विकल्प खोज्नु दुर्भाग्यपूर्ण भएको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका सह प्राध्यानाध्याक केदार दाहालले बताउनुभयो । नेपाली भाषालाई हटाउनु, पूर्णाङ्क थपघट गर्नुको औचित्य नभएको उहाँको भनाई छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्