तेस्रो नारायणपुर कप फुटबल प्रतियोगिता हुने



सैघाली खबर
दाङ,२० बैशाख

तेस्रो नारायणपुर कप जिल्ला स्तरिय फुटबल प्रतियोगिता यही वैशाख २९गतेदेखी नारायणपुरमा हुने भएको छ । न्यू स्टार फुटबल एकेडेमीनारायणपुरको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको हो ।लिग चरणमा हुने प्रतियोगितामा सहभागिताकालागि जिल्लामा रहेका फुटबलक्लबहरुले सहभागिता जनाउन पाउने अध्यक्ष खुमबहादुर वलीले जानकारी दिनुभयो ।जसकालागि २७ गते दिउसो ३ बजेसम्म टिम दर्ताको समय रहेको उहाँलेबताउनुभयो ।

टिम दर्ताकालागि ३५ सय रुपैया शुल्क रहेको र प्रतियोगितामाप्रथम हुने टिमलाई नगद ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र, दोस्रो लाई नगद
१५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्इक्ष वलीलेबताउनुभयो ।प्रतियोगिताकालागि समितिहरु गठन गरेर जिम्मेवारी दिईएको छ । जसमाडि.एन.दाहाललाई खेल संयोजक अनिलकुमार बस्नेतलाई आर्थिक संयोजक,प्रेमबहादुर नेपालीलाई खेल मैदानव्यवस्थापन संयोजक, विनोद विकलाई अतिथिसत्कार समिति संयोजक, भुवन वली प्रचारप्रसार समिति संयोजक, रामकृष्ण बस्नेतप्राथमीकउपचारसंयोजक, चन्द्र नेपाली स्वयंमसेवक संयोजक र दोर्ण योगीयातायात व्यवस्थापन संयोजक रहेको समितिहरु गठन गरिएको छ । प्रतियोगितासफल बनाउनकालागि सहयोग गर्न अध्यक्ष वलीले सम्पूर्णमा अनुरोध गर्नुभएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्