मुख्य समाचार

तेस्रो नारायणपुर कप फुटबल प्रतियोगिता हुने

By थाहा अनलाइन

May 03, 2018

सैघाली खबर दाङ,२० बैशाख

तेस्रो नारायणपुर कप जिल्ला स्तरिय फुटबल प्रतियोगिता यही वैशाख २९गतेदेखी नारायणपुरमा हुने भएको छ । न्यू स्टार फुटबल एकेडेमीनारायणपुरको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको हो ।लिग चरणमा हुने प्रतियोगितामा सहभागिताकालागि जिल्लामा रहेका फुटबलक्लबहरुले सहभागिता जनाउन पाउने अध्यक्ष खुमबहादुर वलीले जानकारी दिनुभयो ।जसकालागि २७ गते दिउसो ३ बजेसम्म टिम दर्ताको समय रहेको उहाँलेबताउनुभयो ।

टिम दर्ताकालागि ३५ सय रुपैया शुल्क रहेको र प्रतियोगितामाप्रथम हुने टिमलाई नगद ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र, दोस्रो लाई नगद १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्इक्ष वलीलेबताउनुभयो ।प्रतियोगिताकालागि समितिहरु गठन गरेर जिम्मेवारी दिईएको छ । जसमाडि.एन.दाहाललाई खेल संयोजक अनिलकुमार बस्नेतलाई आर्थिक संयोजक,प्रेमबहादुर नेपालीलाई खेल मैदानव्यवस्थापन संयोजक, विनोद विकलाई अतिथिसत्कार समिति संयोजक, भुवन वली प्रचारप्रसार समिति संयोजक, रामकृष्ण बस्नेतप्राथमीकउपचारसंयोजक, चन्द्र नेपाली स्वयंमसेवक संयोजक र दोर्ण योगीयातायात व्यवस्थापन संयोजक रहेको समितिहरु गठन गरिएको छ । प्रतियोगितासफल बनाउनकालागि सहयोग गर्न अध्यक्ष वलीले सम्पूर्णमा अनुरोध गर्नुभएको छ