प्रदेश २ कोसंसद बैठक स्थगित



सैघाली खबर
जनकपुर,२० बैशाख

प्रदेश २ कोसंसद बैठक स्थगित भएको छ । बैठक अर्को सूचना नहुन्जेलको लागि बैठक स्थगित गरिएको प्रदेश संसद सचिवालयका उपसचिव रंजितकुमार यादवले जानकारी दिए ।संसद सुरु भएकोे पाँच मिनेटमै बैठक स्थगित भएको थियो । प्रतिपक्षी दल तोक्नु पर्ने माग गर्दै प्रदेश सभा २ को बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

यसअघि बैशाख १५ गते बसेको बैठकमा नेपाली कांग्रेसले प्रतिपक्ष तोक्न माग गर्दै संसद बैठक अवरुद्ध गरेका थिए ।प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई एमालेले विश्वासको मत दिएकाले एमाले सत्तापक्ष भएको तर्क गर्दै कांग्रेसले प्रमुख प्रतिपक्षी दलमा दावी गरिरहेको छ ।

प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल एमाले कि नेपाली कांग्रेस हो भन्ने लामो समयदेखि विवाद रहेको छ । बिहीबारको बैठकमा कांग्रेसका संसद उपेन्ऽप्रसाद कुशवाहाले प्रतिपक्ष तोक्न सभामुखसँंग माग गर्दै प्रतिपक्षी दल नतोकिएसम्म बैठक चल्न नदिने बताएपछि बैठक अर्को सूचना नआउन्जेलको लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्