मुख्य समाचार

एमालेले जनताको विश्वास जितेको छ- पोख्रेल

By थाहा अनलाइन

June 25, 2017

दाङ ११ असार

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले एमालेले छोटो समयमा जनमुखि काम गरेर जनताको मन जितेको वताएका छन् । उनले भने “छोटो समयमा हामीले सत्तामा वसेर गरेको कामलाई जनताले निकै रुचाएका छन् ” तुलसीपुर उप महानगरपालिका १७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने “ फेरि जनताले एमालेलाई बहुमतका साथमा काम गर्ने अवसर प्रदान गर्न आतुर छन् ” । कार्यक्रममा मेयरका उम्मेदवार घनश्याम पाण्डेले मतदाताहरु क्षणिक प्रलोभनमा नपरेर योग्य उम्मेदवारलाई मतदान गर्नुपर्ने वताए । उनले तुलसीपुरलाई उनले तुलसीपुरलाई देशकै नमुना शहरका रुपमा विकसित गर्नका लागि आफुल कटिवद्ध भएर लाग्ने वताएका थिए ।

उप मेयरकी उम्मेदवार माया आचार्यले एमालेले निम्न वर्गका जनताको पक्षमा आवाज मुखरित गरेको वताइन् वडाध्यक्षका उम्मेदवार वामदेव खनालले वडा नम्वर १७ को विकासका लागि आफुले गरेका प्रतिवद्धतालाई पालना गर्ने वताएका थिए । कार्र्यक्रममा एमालेको जिल्ला उपाध्यक्ष हुकुम वस्नेत, प्रचार प्रसार समितिका संयोजक शोभाराम वस्नेत लगायते मन्तव्य व्यक्त गरेका थिए ।