शबसंग पैसाको बार्गेनिङ, डेढलाखमा कुरा मिल्यो



सैघाली खबर
दाङ,२० बैशाख

उपचारका क्रममा मृत्यु भएकी तुलसीपुर उपमहानगरपालिका ७ प्रसेनीकी प्रेमा कुमालको शबलाई पैसामा साटिएको छ । पेटदुखेपछि बुधबार दिउसो दुई बजेतिर तुलसीपुरको ज्योती मेडिकलमा उपचार गर्न गएकी कुमालको एक्कासी निधन भएको थियो । उनको निधन पछि आक्रोसित बनेका पीडित पक्षले अन्ततः डेढलाखमा कुरा टुंगिएको छन् ।

डाक्टरको लापरबाहीका कारण निधन भएको आरोप लगाउँदै आएका आफन्तीहरुले मान्छेको शरिरलाई डेढलाख दाँजे । मेडिकलका सञ्चालकले पनि अन्ततः आफ्नै गल्तिले गर्दा बिरामीको मृत्यु भएको स्वीकार गरेको यो सहमतीबाट प्रस्टै हुन्छ । यसरी पीडित पक्षले डाँक्टरले गरेको गल्तिलाई पैसासंग दाँज्ने हो भने अझै धेरै बिरामीले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता आउने आवाज उठ्ने गरेको छ, भने आफ्नो गल्तिका कारणले बिरामीको मृत्यु नभएको दाबि गर्दै आएको मेडिकल सञ्चालकले पैसाको बार्गेनिङमा कुरा टुंग्याउनुले डाक्टरको दक्षतामाथि पनि प्रश्न चिन्ह उठेको सर्बसाधारणहरुको भनाई छ । मेडिकल प्रशासनले पीडित पक्षलाई डेढलाख दिने सहमती भएपछि शब आफन्तले बुझेका छन् ।
४० बर्षीय कुमालको बुधबार ज्योति मेडिकलका डाक्टर प्रकाश नेपालीले उपचार गर्दागर्दै निधन भएको थियो । डा। नेपालीले प्रेमाको उपचारका लागि ट्राइकेन,एमपिएस र पेन्टोप्राजोल औषधी प्रयोग गरेको बयान दिएका थिए । तर आफन्तले भने सामान्य औषधीका कारण बिरामीको निधन हुने अबस्था नआउने भन्दै प्रदर्शन गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्