दाङमा लामो दूरीका सम्पूर्ण यातायात सेवा बन्द



सैघाली खबर
दाङ,२० बैशाख

यहाँका विभिन्न यातायात समितिले आजदेखि गाडी सञ्चालनमा रोक लगाएका छन् । रात्रि सेवाका काउन्टर खुलेका छैनन् भने खोलिएका काउण्टरमा टिकट काट्न बन्द गरिएको तुलसीपुर जिप तथा माइक्रो मिनीबस व्यवसायी समितिका डिलक्स काउण्टर इन्चार्ज राजु योगीले बताउनुभयो ।

सरकारले आगामी असारदेखि समितिहरू नवीकरण नगर्ने तथा समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसको विरोधमा उत्रिएका समितिहरूले आजदेखि नै आफ्नो यातायात सेवा रोकेका हुन् ।

राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका डायल इञ्चार्ज मोहन पुरीले आजदेखि नै लामो दूरीका सम्पूर्ण सेवा बन्द गरिएको बताउनुभयो ।

“भोलिदेखि हाम्रा बसहरू ग्यारेजमा थन्किन्छन्, त्यसैले आजैदेखि हामीले लामो दूरीका बस सञ्चालनमा रोकेका हौँ,” डायल इञ्चार्ज पुरीले भन्नुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलनका कार्यक्रमअनुसार आन्दोलन गर्ने समितिहरुले बताएका छन् ।

त्यस्तै ढुवानी व्यवसायीले पनि हिजोदेखि नै टोकन बन्द गरेका छन् । आन्दोलनका कार्यक्रमअन्तर्गत टोकन लिएकाहरुले ढुवानी गर्ने र अन्य गाडीहरु भने बन्द गरिएको राप्ती अञ्चल संयूक्त ट्रक यातायाता व्यवसायी समितिका प्रशासनिक सचिव उमेशचन्द्र मजगैयाँले जानकारी दिनुभयो ।

“छोटो दूरीका गाडी आफूखुशी सञ्चालनमा आएका छन् । दाङमा ढुवानी र यात्रुवाहक सवारीका साधनगरी करीब एक हजार गाडी रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्