खोलाको पानी पिउँदै उप–महानगरवासी



सन्तोष अधिकारी
दाङ२० बैशाख । घोराही उपमहानगरपालीका १९ कि ५२ बर्षिया सोमकुमारी पुनको दैनिकी पानी ओसार्दैंमा बित्छ । खानेपानीको समस्याका कारण पुनले बिहानदेखि साँझ पर्दासम्म नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय सूचना विभाग धुम्रपान र मध्यपानबाट टाढा रहौं, सुखी र स्वस्थ जीवन विताऔं । दिपक बोहरा सन्तोष अधिकारी के सैघा गाविस,के घोराही उपमहानगरपालिका अवस्था एउटै छ’ । सो ठाउँमा खानेपानीको समस्या आजको होइन । जति पटक चुनाव आयो हामीले नेतासँग खानेपानी समस्याका बारेमा कुरा राख्दैं आयांै तर हाम्रो बाँकी ८ पेजमा पानी ओसार्ने काम गर्छिन् । साविकको सैंघा गाविसका अधिकाश मानिसको आजभोलि दिनचर्या पानी ओसादैंमा बित्ने गरेको छ ।

चुनाबको समयमा सबैले घर,घरमा धारा,मोटरबाटो ल्याउछौं हामीलाई भोट दिनुस् भन्दै फकाउँछन तर जितेपछि फर्केर आउँदैनन,हाम्रो अवस्था त उस्ता,उस्तै हो पुनले भनिन् । विहान झिसमिसेमै उठेर नाम्लो र गाग्री बोकेर सोमकुमारी खोला झर्छिन् । करिब पौने घण्टा ओरालो बाटो हिडेपछि मात्र खोला पुगिन्छ । गाग्रीभरी पानी बोकेर एक घण्टाको उकालो चढ्नुपर्छ उनलाई । सरकारले उपमहानगरपालिका त घोषणा ग¥यो तर उनीहरुको दैनिकी भने फेरिन सकेन् ।


सोमकुमारी भन्छिन– ‘हामीलाई कुरा कसैंले सुनेन् सोमकुमारी भन्छिन– ‘चुनाव आएपछि गाउँमा आउने नेताहरु सबैले मिठा,मिठा कुरा गरेर भोट हाल्न लगाउँछन् तर चुनाव जितेपछि गाउँमा छिर्दैनन’् । अहिलेसम्म त टाढा भएपनि पानी पिउन पाइएकै छ तर पानी प¥यो भने धमिलो पानी पिउनुपर्छ सोमकुमारीले पीडा पोख्दै भनिन् । साविकको सैघा गाविस– ५ कि सोमकुमारी जस्तै रामबहादुर घर्तीको पनि समस्या उस्तै छ । ‘केटाकेटी स्कुल जान्छन,बुढाबुढी मिलेर खानेपानी बोक्नुपर्छ, वस्तुभाउको लागि पनि पानी दिनैप¥यो, खोलाबाट पानी नबोकी सुखै छैन’ रामबहादुरले भने ।

पहिले त डाँडामा पानीको मुहान थियो रे, मुहानको पानीलाई टंकी बाँधेर गाउँसम्म पानी ल्याएको सम्झदैं रामबहादुरले भने( अहिले टंकीमानै पानी नभएपछि खोलाको पानी पिउनु परेको छ’ खानेपानी जस्तो अत्यावश्यक चीजनै नभएपछि मर्नु भन्दा खोलाकै पानी पिउनु ठिक लागेर सबै गाउँले खोलामै पुगेर पानी ल्याउँछौ, उनै रामबहादुरले भने । हामीले पहिला धेरैं पटक गाविसमा गएर पानीको लागि बजेट माग ग¥यौं तर सुनुवाईनै भएन रामबहादुर बताउँछन् ।

गाविसमा थोरै बजेट हुने भएकाले जिल्ला विकासमा गएर पनि हामीले माग राख्यौं तर कसैले सुनिदिएनन्, सरकारमा हाम्रै भोट लगेर जान्छन् तर नुनको सोझो समेत नेताहरुले गदैंनन् । कार्तिक मंसिरदेखिबाट माघ, फागुनसम्म पानीको खासै समस्या नभएपनि नौ महिना सो ठाउँका बासिन्दालाई पानीको समस्या हुने गरेको स्थानीयहरुले बताए । पहाडी ठाउँ भएका कारण मुहान गहिरो ठाउँमा हुने गरेको र वस्ती अग्लो ठाउँमा भएकाले बर्षौदेखि पानीको समस्या झेल्दै आएका छन सैघाका बासिन्दाहरु ! ख

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्