नेपालका धेरै ठाँउमा भारतीय खुफिया एजेन्सी “रअ”को चलखेल तीव्र



यतिबेला भारतीय खुफिया एजेन्सी रअ का कर्मचारीहरु नेपालमा निकै सक्रृय भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने दिन नजिकिँदै गर्दा ‘रअ’का र स्पेशल कमाण्डो फोर्सका अधिकारीहरू काठमाडौं र जनकपुरमा फैलिएर जासुसी गरिरहेका छन् ।

स्रोतका अनुसार मोदीको सुरक्षाकालागि ‘रअ’का उच्च अधिकारीहरूले जनकपुर र काठमाडौंमा बसेर सूचना संकलन गरिरहेका छन् । यूनाइटेड पोष्टमा समाचार छ ।

भारतीय राजदूतावास लैनचौरबाट कार्यसम्पादन गर्न समस्या पर्ने भएपछि याक एण्ड यति होटेलबाट ‘रअ’ले आफ्ना गतिविधि चलाई रहेको स्रोतको भनाइ छ ।

‘रअ’का साथै भारतीय स्पेसल कमाण्डो फोर्सका सुरक्षाकर्मीहरू जनकपुरको बाह्रविघा, जानकी मन्दिर आसपास, भानुचोक र काठमाडौंका सुन्धारा, गौशला, तीनकुने, ताहाचल, सिनामंगल, नेपाल–भारत सिमाना लगायतका स्थानमा उच्च सतर्कताका साथ निगरानी गरिरहेको स्रोतले जनाएको छ ।

गृहमन्त्री थापालाई अरुको भन्दा पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको डर छ । नेकपाले कालो झण्डा देखाउने हो कि भनेर गृहमन्त्री थापाले चिन्ता लिने गरेको स्रोतको भनाइ छ ।

मोदी आफ्नो सुरक्षाका लागि भारतबाटै गाडी लिएर आउने छन् । उनले आफू आउनुभन्दा अगाडि भारतबाट गाडी नेपाल पठाउने छन् । मोदी चढ्ने गाडीलाई विमानबाट नेपाल ल्याइनेछ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्