सिण्डीकेटवाला व्यवसायीको आन्दोलन असफल, काठ्माण्डौमा यातायात सुचारु



काठमाडौं

सिन्डीकेट खारेजीको विरोधमा यातायात व्यवसायीहरुले बन्दको घोषणा गरेका छन् । तर काठ्माण्डौमा भने यातायात सुचारु नै रहेको छ । सिन्डीकेटवालाहरुले बन्दको घोषणा गरेपनि अन्यले भने यातायात सुचारु गरेका हुन् ।

सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज गरेपछि केही व्यवसायी आन्दोलित हँदै शुक्रबार देशभर बन्दको घोषणा गरेका थिए। यात्रुलाई सुविधा नदिने र सरकारी निर्णय कार्यान्वयन समेत हुन पनि नदिने व्यवसायीको दादागिरीप्रति सरकार भने आक्रमक बनेको छ ।

यातायात व्यवसायीहरुले बन्दको घोषणा गरेपछि सरकारले कडा बन्दै सवारी रोक्नेको रुट परमिट खारेज हुने चेतावनी दिएको छ ।

उनीहरुले पटक पटक यातायात बन्द गर्ने धम्की दिए पनि त्यो भने सफल भएको छैन । सरकारले सिण्डिकेटसामू नझुक्ने अडान लिएपछि व्यवसायी सरकारसँग झुक्न बाध्य भएका छन् ।

व्यवसायीले आन्दोलन गरेर सवारी साधन थन्क्याए सरकारले अन्य सवारी साधन गुडाएर बन्द गर्ने सवारीको रुट परमिट नै खारेज गर्ने घोषणा गरेपछि शुक्रबारका लागि तोकिएको बन्द असफल भएको छ ।

आन्दोलनको नाममा सार्वजनिक सवारी रोक्नु अपराध भएको भन्दै गृह प्रशासनले पनि त्यही अनरुप कारवाही गर्ने कडा चेतावनी दिएको छ । केही सिन्डिकेट धारीले यातायात बन्द गरे पनि चार दर्जन बढी यातायात कम्पनीले बन्दका समयमा पनि सेवा दिने घोषणा गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्